Comments Add Comment

विद्युत महशुल २९ प्रतिशत बढाउन प्राधिकरणको प्रस्ताव

१८ असार, काठमाडौ । विद्युत सेवा लागत आकाशिएर बर्सेनि नोक्सानी थपिँदै गएको भन्दै नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल बढाउन प्रस्ताव गरेको छ । विद्युत प्राधिकरणलाई नाफा-नोक्सान बराबरीको अवस्थामा ल्याउन २९ प्रतिशत महशुल बढाउनुपर्ने प्राधिकरणको प्रस्ताव छ ।
All about light: from bulbs to artमहशुल समायोजन नहुँदा उत्पादन, प्रसारण र वितरण सेवाको लागत बढेको, अमेरिकी डलर बजबुत हुँदा उत्पादकलाई विद्युत खरिद वापत दिने रकम दायित्व थपिएको, भारतबाट महंगोमा विजुली आयात गर्दा घाटा बढेको कारण देखाउँदै प्राधिकरणले विद्युत महशुल समायोजनको माग गरिरहेका कारोबार दैनिकमा खबर छ ।

२९ प्रतिशत महशुल बढाएपछि प्राधिकरणको आम्दानी करिब ९ अर्ब रुपैयाँ थप हुने देखिएको छ । यसले नगद प्रवाहमा सहज हुने उसको भनाइ छ । महशुल समायोजन नभएर नोक्सान बढ्दै गएपछि नगद प्रवाह दुई अर्ब ५४ करोड ४० लाख रुपैयाँ ऋणात्मक भएको प्राधिकरण अर्थ निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले बताए ।

प्राधिकरणको सञ्चित नोक्सान नोक्सान बढेर चालू आवमा २० अर्ब २३ करोड ८० लाख रुपैयाँ पुगेको उनले जानकारी दिए । चालू वर्षको बजेटमा लागत अनुसार विद्युत महशुल समयअनुकुल परिमार्जन गर्ने भनिए पनि कार्यान्वयन नभएको कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment