Comments Add Comment

तेस्रो टी–२० मा पनि नेपाल पराजित

Nepal Vs  GLOUCESTERSHIRE CRICKET (11)

  • फाइल फोटो

१८ असार, काठमाडौं । तेस्रो टी–२० क्रिकेटमा पनि नेपाल नेदरल्याण्डसँग पराजित भएको छ । बिहबिार राति भएको खेलमा नेपाल १८ रनले पराजित भएको हो ।

जितसँगै नेदरल्याण्डले चार टी–२० म्याचको श्रृखला ३–० ले आफ्नो पक्षमा पारेको छ ।

१ सय ५० रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर १ सय ३३ रनमात्र बनाउन सक्यो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ३६ रन बनाए भने शरद भेसवाकरले २४, प्रदिप ऐरीले १८, ज्ञानेन्द्र मल्लले १७ र सुवास खकुरेलले १४ रन बनाए ।

नेपाललाई सस्तैमा समेट्न नेदरल्याण्डका असन मल्लिकले सर्वाधिधक ४ विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले पिटर माएबर्गको उत्कृष्ट ब्याटिङको मदतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । माएबर्गले अविजित ७१ रन बनाए ।

नेपालका करण केसीले २, तथा बसन्त रेग्मी, सागर पुन र शक्ति गौचनले समान १–१ विकेट लिए ।

नेपालले अब शुक्रबार चौथो तथा अन्तिम खेल खेल्नेछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment