Comments Add Comment

वर्षायाममा देखिने ६ समस्या र ध्यान दिनुपर्ने कुरा

bagmati-safai1वर्षायाम चलिरहेको छ । वर्षायाममा खाना र पानीको प्रदुषणका कारण विभिन्न रोगब्याधीहरु फैलिने गर्छन् । त्यतिमात्र होइन वर्षाको पानीमा भिज्दा समेत चिसो, रुघाखोकी देखि लिएर फंगल संक्रमण देखि लिएर विभिन्न छालासम्बन्धि रोग लाग्ने जोखिम हुन्छ । वर्षायाममै मलेसिया, डेंगु जस्ता रोगदेखि लिएर टाइफाइड, झाडापखला तथा हैजा जस्ता रोगको संक्रमण पनि उच्च रहन्छ । त्यसैले वर्खाको समयमा आफुलाई स्वस्थ राख्नु सबैभन्दा ठूलो चुनौति हुन्छ । त्यसैले वर्षायाममा निम्नानुसारको सावधानी अपनाउनु उपयुक्त हुन्छ-

हेपाटाइटिस र टाइफाइड- मनसुनको मौसममा खानपानमा विशेष सावधानी अपनाउनु अत्यावश्यक हुन्छ, किनकी यो याममा रोग फैलिने समस्या अत्यधिक रहन्छ । त्यसैले त्यसबाट बच्नका लागि फोहोर खानेकुराहरु अर्थात् सडकमा जथाभावी बेच्न राखिने खानेकुराहरु नखानु नै राम्रो हुन्छ । घरमा पनि स्वस्थ तथा ताजा खानेकुरा मात्र खाने गर्नुपर्छ । पानी उमालेर पिउने, बासी तथा सडेगलेको खानेकुरा नखाने लगायतका कुरामा सावधानी अपनाउने हो भने खाना र पानीबाट सर्ने हेपाटाइटिस तथा टाइफाइड जस्ता रोगबाट बच्न सकिन्छ ।

लेप्टोस्पाइरोसिस- वर्षायाममा जताततै पानी जमेको हुन्छ । त्यसकारण त्यस्तो पानी जमेको ठाउँमा विभिन्न खालका जिवाणु तथा परजिवीहरु फैलिन्छन् । यी जिवाणु तथा परजिवीहरु मध्ये कतिपय मानव स्वास्थ्यका लागि निकै हानिकारक हुन्छन् । त्यसकारण निकै सावधानी अपनाउनुपर्ने हुन्छ । वर्षाको समयमा घरबाहिर हिँडडुल गरेर वा कामबाट फर्किएपछि अवश्यपनि नुहाउनुपर्छ । नुहाउँदा एन्टी ब्याक्टेरियल साबुनको प्रयोग गर्नु राम्रो हुन्छ ।

चिसो कपाललाई आफै सुक्न दिनुहोस् । भिजेको मोजा तथा जुत्तालाई लामो समय सम्म नलगाउनुहोस् । सकेसम्म पानी जमेको तथा हिलोमा कुल्चेर नहिड्नु राम्रो हुन्छ । किनकी यसबाट लेप्टोस्पाइरोसिस जिवाणु सरीरमा प्रवेश गर्ने जोखिम हुन्छ ।

हैजा- वर्षायाममा ताजा तथा पकाएको तातो खानेकुरा मात्र खानुहोस् । पकाएको खाना चिसो भैसकेपछि वा बँचेको खानालाई पटक पटक तताएर खानु जोखिमपूर्ण हुन्छ । यसो गर्दा पोषक तत्वहरु पनि नष्ट हुन्छन् र विषाक्त पदार्थहरु सिर्जना हुने जोखिम हुन्छ ।

खानलाई राम्रो ढंगले छोपेर राख्नुहोस् ता की झिंगा छिर्न नपाओस् । धेरै रोगका जिवाणुहरु झिँगा, सांग्ला जस्ता किराहरुले खानेकुरामा सार्ने गर्छन् । खाना खानुभन्दा पहिलो साबुन पानीले हात धुनुपर्छ । काँचै खाने कुराहरु राम्रोसँग पखालेर मात्र खानुपर्छ भने पानी उमालेर मात्र पिउनुपर्छ ।

मलेरिया तथा डेंगु– वर्षायाम तथा गर्मी याममा औलो तथा डेंगु जस्ता रोगका धेरै संक्रमणका घटना हुने गर्छन् । वर्षामा ठाउँ ठाउँमा पानी जम्ने हुनाले औलो तथा डेंगु रोग फैलाउने लामखुट्टेको प्रजनन तिब्र हुन्छ । डेंगु तथा औलो दुबै निकै खतरनाक तथा प्राण्घातक रोग हुन् ।

त्यसकारण घर आसपासका पानीका खाल्डाखुल्डी पुर्ने, झाडी बुट्यान तथा फोहोर ठाउँहरु सफाचट पार्ने, पोखरी तथा दहहरुमा लामखुट्टेका लार्भाहरु मार्ने विषाक्त औषधि छर्किने, झुल लगाएर मात्र सुत्ने, लामखुट्टे भगाउन स्प्रे तथा गुडनाइट जस्ता औषधिहरु प्रयोग गर्ने तथा छालामा लामखुट्टे प्रतिरोधी क्रिम लगाउने जस्ता उपाय अपनाउनुपर्ने हुन्छ ।

चिसो, रुघाखोकी- वर्षायाममा यो एक आम समस्या बन्दछ । झरीमा पटक पटक भिज्ने तथा चिसो कपडा तथा चिसो कपाल लामो समयसम्म भैरहने हुँदा सर्दीले सताउँन सक्छ । त्यस्तै रुघाखोकी पनि आम समस्याको रुपमा उत्पन्न हुन्छ । त्यसैले वर्षायाममा चिसो तथा रुघाखोकीबाट बच्नका लागि पानीमा नभिज्ने, वर्षायाममा छाता लगायतको ओत लिएर मात्र बाहिर निस्किने, तातो झोलिलो पदार्थ पिउने, चिसो पानी नपिउने लगायतका उपाय गर्नुपर्छ । चिसो कपडा लामो समयसमम नलगाउने र न्यानो कपडा फेरिहाल्ने अनि चिसो कपाल पुछेर वा ड्रायरमा सुकाइहालेमा पनि सरीमा सर्दी हुन पाउँदैन ।

पेटको संक्रमण- वर्षायाममा पेटका विभिन्न संक्रमण देखा पर्दछन् । खराब खानपानले केवल पाचन प्रणालीमा नोक्सनी पूराउने मात्र होइन यसले ग्यास, एसिडटी तथा कब्जियतको समस्या पनि पैदा गर्दछ । गर्मी याममा आउँ, झाडाबान्ता जस्ता समस्याहरु पेटकै संक्रमणका लागि लाग्दछन् । त्यसैले पर्याप्त मात्रामा उमालेको पानी पिउने, ताजा खानेकुरा मात्र खाने । काटेर राखेको लामो समय भैसकेको फल नखाने । पकाएर खानुपर्ने खानेकुरा राम्रोसँग नपाकेको वा काँचो नै छ भने त्यसलाई नखाने, बासी खानेकुरा नखाने, व्यक्तिगत सरसफाइमा ध्यान दिने गर्नुपर्छ ।

ढुसीको संक्रमण- बर्खामा छालामा फंगल इन्फेक्सन हुनु सामान्य हो । काखी तथा औँलाको कापमा ढुसीको संक्रमणका कारण घाउ बन्दछन् । यी ठाउँमा स्वच्छ हावा प्रवाह हुन सक्दैन र चिस्यान पनि रहिरहन्छ । जसका कराण ती ठाउँमा ढुसीको संक्रमण हुन्छ र घाउ बन्दछ । त्यसैले ढुसीको संक्रमणबाट बच्नका लागि काखी, जाँघ तथा औँलाको काम जस्ता ठाउँहरुलाई सुख्खा राख्ने, सफाइ गरिहरने तथा जिवाणु तथा ढुसीको संक्रमण रोक्न विभिन्न खाले क्रिम तथा औषधि दल्ने गर्नुपर्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment