Comments Add Comment

टी–२० विश्वकप छनोटमा नेपालको अवस्था कस्तो छ ?

Nepal-Vs-Middlesex (4)

आगामी जुलाई ९ मा सुरु हुने आइसीसी वर्ल्ड टी-ट्वान्टी क्वालिफायर, २०१५ मा सह आयोजक आयरल्याण्ड ह्याट्रिकको दाउमा हुनेछ ।

२६ जुलाइसम्म आयरल्याण्ड र स्कटल्याण्डमा आयोजना हुने प्रतियोगितामा समूह ए को मात्र होइन, प्रतियोगिताकै सबैभन्दा बलियो टोलीको रुपमा छ आयरल्याण्ड ।

सन् २००८ मा पहिलोपटक प्रतियोगिता आयोजना गरेको आयरल्याण्डले सन् २०१२ र सन् २०१३ मा प्रतियोगिताको उपाधि उचालेको थियो ।

आयरल्याण्ड रहेको समूह ए मा नेपाल, हङकङ, पपुवा न्युगिनी, नामिबिया, अमेरिका र जर्सी रहेका छन् ।

Ireland

आयरल्याण्डले अर्को वर्ष भारतमा हुने विश्वकप प्रतियोगितामा छनोट हुने आफ्नो अभियान नामिबिया सँगको खेलबाट सुरु गर्नेछ । विलियम पोटरफिल्डको नेतृत्वमा रहेको आयरल्याण्डको टोलीमा थुप्रै अन्तराष्ट्रिय खेलाडि समेत छन् । जर्ज डकरेल, नायल ओब्राएन, पाउल स्ट्रिलिङ तथा ग्यारी विल्सन जस्ता नामूद खेलाडिले भरिएको आयरल्याण्ड समूह ए को शीर्ष स्थानमा रहने सम्भावना छ ।

आगामी शुक्रबार अमेरिकाविरुद्धको खेलबाट आफ्नो विश्वकप छनोटको यात्रा सुरु गर्न लागेको नेपाल दोश्रोपटक विश्वकप ट्वान्टी ट्वान्टीका लागि छनोट हुने अभियानमा मात्रै छैन, ट्वान्टी ट्वान्टीको आफ्नो अन्तराष्ट्रिय वरियता पनि सुधार गर्ने प्रयासमा हुनेछ ।

फाइल फोटो
फाइल फोटो

अहिलेसम्मकै सबैभन्दा बलियो टिमका रुपमा रहेको नेपाली टोलीलाई पारस खड्काले नेतृत्व गरेका छन्, जसले अहिलेसम्म खेलेका २४ टी–ट्वान्टी अन्तराष्ट्रिय खेलमा ३६.११ रनको औषत बटुलेका छन् । १५ सदस्यीय नेपाली टोलीका सबैभन्दा अनुभवी खेलाडिको रुपमा रहेका छन् २७ वर्षे पारस ।

पारससँगै बायाँहाते स्पिनर तथा अलराउण्डर शक्ति गौचनका साथै बसन्त रेग्मी तथा शरद भेसवाकर पनि महत्वपूर्ण खेलाडि हुनेछन् । तीव्र गतिका बलर सोमपाल कामीसँग करण केसीको सम्भावना बढी छ ।

नेपाली टोली अहिले नेदरल्याण्ड भ्रमणमा छ र घरेलु टोलीविरुद्ध टी–२० श्रृखला खेलिरहेको छ । यद्यपि अहिलेसम्म भएको तीन वटै खेलमा नेपालले हार व्यहोरेको छ ।

नेदरल्याण्डसँगको खेलकै आधारमा विश्वकप छनोटमा नेपालको प्रदर्शन आंकलन गर्नु उपुक्त हुने छैन । प्रशिक्षक पुवुदु दशानायके सुवास खकुरेलललाई ओपनिङ जोडीको खोजीमा छन् । उनले ज्ञानेन्द्र मल्ल र सागर पुनलाई परीक्षण गरिरहका छन् । मध्य क्रममा स्थान बनाउन राजेश पुलामी, प्रदिप ऐरीले पनि आफूलाई सावित गर्नु पर्नेछ ।

वैशाख १२ को भूकम्पका कारण क्षति भोगेका नेपाली टोली भारतको धर्मशाला, इंग्ल्याण्ड हुँदै नेदरल्याण्ड पुगेको छ । र, नेपाली टोलीको लक्ष्य पनि समूह एको शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्ने छ ।

नेपाली जनताका लागि केही खुसी संचार गर्ने अभियानमा नेपाली खेलाडिहरु प्रतियोगितामा उत्कृष्ट प्रदर्शनको पर्खाइमा छन् ।

अर्को बलियो टोली नामिबियाको भाग्य क्याप्टेन निकोलस स्कोल्जको फर्ममा निर्धारित हुनेछ । पहिलोपटक विश्वकप ट्वान्टी ट्वान्टीका लागि छनोट हुने दौडमा रहेको नामिबिया पछिल्लोपटक आइसीसी इन्टरकन्टिनेन्टल कपमा हङकङ मािथको विजयका कारण उत्साहित छ । भेट्रान खेलाडि गेरी निम्यान तथा १९ वर्षीय जजे स्मिट पनि नामिबियाका हटकेकको रुपमा रहेका छन् ।

USA

विकेट किपर ब्याट्सम्यान स्टेभेन टेलरको अनुपस्थितिको नमिठो अनुभुतिबाट प्रतियोगिता सुरु गर्न लागेको अमेरिका पनि आफ्नो विगतको प्रभावशाली प्रदर्शन दोहोराउने आशामा छ ।

गत मे मा भएको आइसीसी अमेरिका डिभिजन वान प्रतियोगितामा दोश्रो भएको अमेरिकी टिममा अण्डर १९ क्याप्टेन समेत रहेका शिव वशिष्ठ तथा नयाँ खेलाडि एलेक्स एम्स्टर्डम प्रमुख खेलाडिका रुपमा हुनेछन् । त्यस्तै क्याप्टेन तथा बलर मोहम्मद घोस तथा लेफ्टआर्म स्विङ बलर नसीर जमालीको प्रदर्शनमा पनि अमेरिकाको जित टिक्नेछ ।

नेदरल्याण्ड विरुद्ध गत महिना भएको इन्टर कन्टिनेन्टल कपमा देखाएको प्रभावशाली प्रदर्शनका कारण उत्साहित पपुवा न्युगिनी लामो ओभरको खेलमा देखाएको प्रदर्शलाई ट्वान्टी ट्वान्टीमा पनि दोहोराउने लक्ष्यमा हुनेछ । उसका लागि असाद भाला सबैभन्दा विस्फोटक ब्याट्सम्यान रहनेछन् भने लोआ नोउ पनि प्रभावशाली खेलाडिको रुपमा रहेका छन् ।

दोश्रोपटक विश्वकपमा छनोट हुन लागेको हङकङका लागि नयाँ कप्तान तथा ओपनिङ बलर तनविर अफजलको प्रेरणा र प्रदर्शनले ठूलो महत्व राख्नेछ । त्यस्तै वार्मअप म्याचमा ब्याट्सम्यान इरफान अहमदले गरेको प्रदर्शनका कारण पनि हङकङ पुलकित छ । जर्सीसँगको खेलबाट प्रतियोगिता सुरुवात गर्न लागेको हङकङ आफ्ना ब्याटिङ लाइनअप प्रति ढुक्क देखिएको छ ।

पहिलोपटक टि ट्वान्टी क्वालिफायर खेल्न लागेको जर्सीका लागि छनोट भन्दा पनि प्रदर्शन सुधार्ने मौकाको रुपमा यो प्रतियोगिता रहेको छ । जर्सीलई प्रतियोगिताको सबैभन्दा कमजोर टोली मानिएको छ ।

यद्यपि जोन्टी जेनर तथा पिटर गग जस्ता जल्दाबल्दा युवा खेलाडि रहेको जर्सीले चमत्कार नगर्ला भनिहाल्न पनि सकिन्न । पछिल्ला ५ टी–ट्वान्टी १० विकेट लिएका बायाँ हाते स्पिनर नाट वाटकिन्सले पनि बलिङबाट जादु देखाउने अपेक्षा गरिएको छ ।

आईसीसी क्रिकेटको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment