Comments Add Comment

काला जोडीलाई ‘गोरिल्ला’ भनेपछि गुगलले माफी माग्यो

Google

गुगलले आफ्नो नयाँ फोटो एपमा अफ्रिकी काला जातिको एक मानव जोडीलाई गोरिल्ला भनेपछि माफी माग्नुपरेको छ । गुगलको फोटो एपमा गोरिल्ला लेखेर सर्च गर्दा ती काला जातिका जोडीको तस्वीर आउँथ्यो । यो एपले अपलोड गरिने तस्वीरलाई आफ्नो कृत्रिम इन्टेलिजेन्स सफ्टवेयरको प्रयोग गरेर आफै ट्याग गरिदिन्छ । त्यसैले गुगलको उक्त एपको प्रविधिले अपलोड भएको मानव जोडीको फोटोलाई गोरिल्लाको नाममा ट्याग गरिदिएपछि विवाद उत्पन्न भएको हो ।

न्युयोर्कका एकजना सफ्टवेयर डेभलपरले गुगलको यो गल्ती पहिलोपटक पत्ता लगाएका थिए । गोरिल्ला बाँदर भनेर देखाइएका मानिसहरु मध्येमा एउटा तस्वीर उनको पनि थियो ।

यो गल्तीप्रति गुगलका कार्यकारी जोनाथन जुनजरले टि्वटरमार्फत आत्मालोचना गरेका छन् । यस्तो हुनु शतप्रतिशत गलत रहेको भन्दै उनले यो आफ्नो बगको सूचिमा सबैभन्दा माथि रहेको र यस्तो भएको देख्न कसैले पनि नरुचाउने बताएका छन् ।

google-black

गुगललका प्रवक्ताले बीबीसीसँग कुरा गर्दै आफुहरु यस विषयमा चिन्तित रहेको भन्दै घटनाप्रति खेद व्यक्त गरेका छन् । साथै उनले यस्तो गल्ती दोश्रोपटक नहोस् भनेर गुगलले आवश्यक कदम चालिसकेको पनि जानकारी दिए ।

यद्यपि गुगलको फोटोमा एक प्रजातिको प्राणीलाई अर्को प्रजाति भनेर देखाइएको यो पहिलोपटक होइन ।

गत मे महिनामा गुगलको उक्त एपले कुकुरको तस्वीरलाई घोडाको नाममा देखाएको आइटेक पोष्ट नामक न्यूज साइटले समाचार प्रकाशन गरेको थियो ।

गुगलका प्रवक्ताले फोटो एपमा तस्वीरहरुमाथि अटोमेटिक तरिकाले लेबल लगाउने विषयमा अझै प्रसस्तै गृहकार्य गर्नु आवश्यक रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment