Comments Add Comment

चिडियाखानाका जनावर हेरेर भूकम्पको भविष्यवाणी ! चीनमा सुरु भयो नयाँ प्रयोग

zoo

जनावर तथा चराचुरुंगीहरुले भुकम्प जानु अगाडि अनौठो खालको व्यवहार देखाउने गरेको बताइन्छ । त्यसैले उनीहरुको क्रियाकलापको आधारमा भुकम्पको पूर्वानुमान गर्न सकिने कतिपय विज्ञहरुले समेत बताउँदै आएका छन् । यो तथ्यलाई पुष्टि गर्नका लागि चिनिया वैज्ञानिकहरुले भुकम्पको पूर्वानुमानमा जनावरको प्रयोग सुरु गरेका छन् ।

चीनको पूर्वी प्रान्त जियांग्सुको राजधानी रहेको नानजिङका भुकम्पविदहरुले उक्त क्षेत्रमा रहेका विभिन्न चिडियाखाना तथा एनिमल पार्कहरुमा सातवटा अवलोकन केन्द्रहरु स्थापित गरेका छन् ।

ती अवलोकन केन्द्रहरुमा अब भुकम्पको धक्काअघि जनावरहरुको क्रियाकलाप तथा बानी व्यवहारमा परिवर्तन आउने नआउने कुराको नियमित रुपमा अनुगमन गरिनेछ ।

युहुआताइ जिल्लास्थित एक पर्यावरणीय पार्क त्यसमध्येको एउटा अवलोकन केन्द्र हो । त्यहाँ २ हजार कुखुरा तथा २ सय सुंगुरका साथै २ वर्गकिलोमिटरको पोखरीमा माछा समेत रहेका छन् ।

पार्कको सबैतिर क्यामरा जडान गरिएको छ र त्यहाँका अनुगमनकर्ता कर्मचारीहरुले जनावरको व्यवहारको विषयमा भुकम्प मापन ब्युरोमा दिनको दुइपटक रिपोर्टिङ गर्दछन् ।

नानजिङ सेस्मेलोजिकल ब्युरोको वैज्ञानिक अनुमन प्रमुख झाओ बिंगका अनुसार भुकम्पअघि कहिलेकाहीँ जनावरहरु तनावमा आउँछन् । तथापि एउटा मात्र चल्लाको व्यवहारले सबै कुराको टुंगो लगाउन नसकिने हुँदा जनावरहरुकेा सामूहिक व्यवहारको अध्ययन गर्न थालिएको हो ।

सन् २०११ मा भएकेा एक अनुसन्धानले जनावरहरुले भुकम्पअघि जमिनको पानीमा हुने रासायनिक परिवर्तनलाई पहिचान गर्न सक्छन् र सोही मुताविकको व्यवहार देखाउँछन् । त्यसैले जनावरको त्यस्तो व्यवहारको पहिचान गर्न सकिने हो भने भुकम्पको पूर्वसूचना प्रणाली स्थापित गर्न सकिन्छ ।

त्यतिबेला इटालीको एल अक्विला सहरस्थित एक पोखरीका भ्यागुताहरु एकाएक पोखरीबाहिर निस्किएका थिए र त्यसको भोलिपल्ट त्यहाँ ६.३ रेक्टर स्केलको भुकम्प गएको थियो । पेरुमा सन् २०११ गएको ७ म्याग्नेच्युडको भुकम्प अघि पनि त्यहाँ वन्यजन्तुहरुले फरक व्यवहार देखाएका थिए । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment