Comments Add Comment

भूकम्पले तुहियो दीपाश्रीको अवार्ड सपना

deepa-shree-niraula

काठमाडौं । टेलिभिजनमा काम गर्ने कलाकार एवं प्राविधिकका विचमा भब्य अवार्ड कार्यक्रम गर्ने सोच थियो दीपाश्री निरौलाको । टेलिभिजन कलाकर्मी मञ्च नेपालकी अध्यक्ष रहेकी दीपाश्रीका लागि आफ्नो कार्यकाल सुनौलो बनाउने यो एउटा अवसर पनि थियो ।

उनको बुझाइमा अवार्ड र सम्मान कार्यक्रमले कुनै पनि कलाकार एवं प्राविधिकलाई आफ्नो कामप्रति इमान्दार र जिम्मेवार हुन सघाउँछ । उनी भन्दै थिइन ‘हामी हरेक कलाकारलाई जिम्मेवार बनाउने प्रयाश गर्दै थियौं तर, भूकम्पले योजना तुहियो ।’

कार्यक्रमको पहिलो सेड्युल अनुसार बैशाख २९ गते काठमाडौमा भब्य कार्यक्रम गरेर अवार्ड दिने योजना थियो । बैशाख ११ गते उनको कार्यसमितीले निर्णय गरेको थियो ‘बैशाख १२ गते अवार्डका विषयमा सम्पूर्ण निर्णय र कार्यविभाजन गर्ने ।’

मिटीङका लागि जाँदै गरेकी दीपाश्रीले बाटैमा भूकम्पको झड्का भेटिन् । ‘भूकम्प र पटक पटक पराकम्पन आएपछि हामीले यसपाली सम्मान मात्रै गर्ने भयौं ।’ अनलाइनखबरसँग कुरा गर्दै दीपाश्रीले भनिन् ।

आउँदो २६ गते भब्य कार्यक्रम गरेर कलाकारलाई सम्मान गर्ने योजनामा रहेकी दीपाश्रीले निश्पक्ष सम्मान गर्ने दाबी गरिन् । ‘हामी हाम्रो मान्छे हैन राम्रो मान्छेलाई सम्मान दिन्छौं ।’ उनले भनिन् । सम्मानलाई सभ्य र भब्य बनाउनकै लागि केही बरिष्ठ कलाकारसँग सल्लाह गरेको उनको भनाई छ ।

यसपाली सम्मान मात्रै गरेपनि आगामी वर्ष भने भब्य अवार्ड गर्ने उनको योजना छँदैछ । ‘यसपाली सम्मान मात्रै भएपनि अर्को वर्ष भब्य अवार्ड गर्ने छौं ।’ उनले भनिन् ।

टेलिभिजनमा काम गर्ने कलाकर्मीको हकहितका लागि भन्दै ०६५ सालमा स्थापना भएको उक्त संस्थाले टेलिकलाकारका हकहितका लागि कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment