Comments Add Comment

बेलायतको राष्ट्रिय सुटिङ प्रतियोगितामा गोर्खाली सैनिक उत्कृष्ट

Khagendra-Tamang

लण्डन । बेलायतको राष्ट्रिय सुटिङ प्रतियोगितामा गोरखा सैनिक सार्जेन्ट खगेन्द्र तामाङ उत्कृष्ट भएका छन् । यसअघि पनि कैयौं पटक उपाधि नजिक पुगेका तामाङले १२ वर्षे तालिममा पहिलो पटक उत्कृष्टता प्रदर्शन गरेका हुन् । बेलायती सेनाभित्र हरेक वर्ष राष्ट्रिय सुटिङ प्रतियोगितामा हुँदै आएको छ ।

इम्फाल ब्यारेकका तामाङले द आर्मी अपरेसनल सुटिङ प्रतियोगितामा जित हात पारेका हुन् । उनले जितसँगै क्वीन्स मेडल प्राप्त गरेका छन् । उनलाई बेलायती राजकुमार आन्ड्रयूले पदक हस्तान्तरण गरेका थिए । प्रतियोगितामा बेलायती सैनिकको बर्चश्व रह्यो ।

प्रतिष्पर्धामा अपरेसनल सुटिङ कलाका अलाबा रातमा सुटिङ, पेस्तोल र मेसिन गन म्याच, १५ किलोको भारी बोकेर सुटिङ गर्नपर्ने लगायतका विधाहरु खेलाइएका थिए । करिब एक हजार प्रतिष्पर्धीले भाग लिएको उक्त प्रतियोगितामा वर्चस्व भने बेलायती सैनिकले कायम गरेका थिए ।

प्रतियोगिताको फाइनल खेल बेलायतको सरे काउन्टीअन्तर्गतको बिज्लेस्थित नेशनल राइफल एसोसिएसनको मुख्यालयमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment