Comments Add Comment

के.आई.नेपालको रुपन्देही शाखा उत्कृष्ट

१८ असार, काठमाडौं । महिला हिंसा र चेलीबेटी बेचबिखन विरुद्घ सक्रिय के.आई. नेपालका १२ शाखामध्ये रुपन्देही उत्कृष्ट भएको छ ।

KI-Nepal-Rupandehi-Belahiya

  • रुपन्देहीका स्थानीय विकास अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीबाट मायाको चिनो ग्रहण गर्दै केआई नेपालको रुपन्देही टिम

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको संस्थाले रुपन्देहीसँगै काकडभिट्टा, विराटनगर, पर्सा, चितवन, नवलपरासी, सिन्धुपाल्चोक, कपिलवस्तु, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरका सीमानाकामा सूचना तथा परामर्श केन्द्र स्थापना गरी काम गर्दै आएको छ ।

यी केन्द्रहरुमध्ये कामको आधारमा रुपन्देहीको बेलहियामा रहेको सूचना केन्द्रलाई उत्कृष्ट घोषणा गरिएको के.आई. नेपालका राष्ट्रिय निर्देशक रमेश सापकोटाले जानकारी दिए ।
गत वर्ष पनि रुपन्देही शाखा उत्कृष्ट भएको थियो ।

बेलहिया सूचना केन्द्र एवम् के.आई. नेपाल रुपन्देहीकी इन्चार्ज तारा सापकोटाका अनुसार यो वर्ष बेलहिया केन्द्रले भारत जान लागेका ३ हजार ५७६ जना महिलालाई परामर्श दिएको छ ।तीमध्ये १२२ जनालाई परिवारको जिम्मा लगाइएको छ । रोजगारीको बहानामा शंकास्पदरुपमा भारत जान लागेका ५० जनालाई अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment