Comments Add Comment

पुरानो छवि मेटाउँदै ‘एटिएम’कि सविना, आयो नयाँ चलचित्र

one-side-love
विनाशकारी भूकम्पपछि नयाँ नेपाली चलचित्र हेर्न नपाएका दर्शकका लागि एउटा खुसीको खबर हुनसक्छ । आजदेखी काठमाण्डौ लगायत देशभर नयाँ नेपाली चलचित्र ‘वान साईड लभ’ प्रदर्शनमा आएको छ ।

देबेन्द्रराज पाण्डेको निर्देशन रहेको यस चलचित्रमा सबिना कार्कीले मुख्य भुमिका निर्वाह गरेकी छिन् । अन्य कलाकारहरुमा विनिता घिमिरे, कपिल खत्री, शुसिल पोखरेल लगायतका छन् । यो चलचित्रमा आफूले खुबै मिहिनेतका साथ काम गरेकाले पुरानो छवि मेटिने आशा नायिका कार्कीले गरेकी छिन् ।

यसैले पनि उनी चलचित्रको प्रमोशनमा जोडतोडका साथ लागेकी छिन् । चलचित्रले कमेडी, प्रेम, भावनाको कथालाई पर्दामा उतारेको निर्माता खत्रीले बताए ।

शुक्रबारवाटै अरसद वारसी, अमित सद, रोहित रोयको मुख्य भुमिका रहेको कमेडी हिन्दी चलचित्र ‘गड्डु रंगिला’ रिलिज भएको छ । सुवास कपुरको निर्देशन रहेको यो चलचित्र कमेडी जनरामा बनेको हो ।

हलिउड चलचित्र ‘टर्मिनेटर जिनेसिस’ पनि आजदेखि नेपाली सिनेमा हलमा प्रदर्शनमा आएको छ । आर्नोल्ड स्वार्जनेगरको मुख्य भुमिका रहेको यस चलचित्रको निर्देशन एलेन टेलरले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment