Comments Add Comment

‘आफू बाँचेर के गर्नु, छोरालाई बाढीले निल्यो’

mother and her son

१८ असार, उर्लाबारी । मस्त निद्रामा रहेका दुर्गा थापा घरभित्र एक्कासी बाढी पसेपछि अत्तालिदै उठे । बाढीले उनको निद्रा मात्र हरण गरेन, होसहवास नै उड्यो । श्रीमती र बुवाआमासँगै काखे छोरालाई जोगाउन उनले भगिरथ प्रयास गरे । तर, उनका नाबालक छोरा खोलाको भेलले निलिछोड्यो ।
thapa and biswokarma in hospital
दुर्गा आफैंलाई खोलाले लपेट्यो । धन्न् ! रुखको जरा समात्न भ्याए । त्यही जराको सहारामा रातभर खोलाको भेलसित लडेर बसे । ८० वर्षीया आमा मनमाया थापाले पनि रुखको जरा अँठ्याएरै ज्यान जोगाइन् । उपचारका लागि स्थानीय अस्पतालमा भर्ना भएका दुर्गा अहिले आफ्नो ज्यान बचेकोमा खुशी हुन सक्दैनन् ।

‘आफू बाँचेर के गर्नु, छोरालाई बचाउन सकिनँ,’ घुँक्क घुँक्क गर्दै भन्छन्, ‘धन्न, आमालाई  विहान अचेत अवस्थामा कसैले उद्धार गरेछ ।’

मंगलबार मध्यरातमा पूर्वोत्तर मोरङको मधुमल्लामा बाढीले बबन्डर मच्चाएपछि धेरै परिवार आर्तनादमा डुबेका छन् । गाविसको खाँभेझोडा र कसेनीमा बक्राहा/नुनसरी खोलाको बाढीले एकको बालकको मृत्यु भयो भने चार वटा घर बगाएको छ । मधुमल्ला-५ कसेनीका दुर्गाको घर बगाँउदा उनका तीन वर्षीय छोरा शिशिरको मृत्यु भएकोे थियो ।

opening the way

कसेनीमा नुनसरी खोलाको तटबन्ध भत्किएपछि सिङ्गो गाँउमा बाढी पसेको थियो । बाँध छेवैमा घर भएका दुर्गाको घर बाढीमा बिलायो । थापाका तीन वर्षीय छोरालाई बुधबार विहान उद्धार टोलीले मृत अवस्थामा फेला पारेको थियो । गाउँमा बाढी पसेपछि स्थानीवासी आंतकित बनेका छन् । भाग्ने क्रममा थापासहित उनकी ८० वर्षीया आमा मनमाया थापा घाइते भएकी छिन् । घाइतेहरुको मधुमल्लास्थित साझा अस्पतालमा उपचार भइरहेको छ । खोलाले कसेनीका सन्त राई, मधुमल्ला-४ खामेझोडाका भवानी खड्का र हेमकला दाहाललको घर पनि बगाएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

बाढीले २८ वटा चौपाया बगाएको प्रहरीले जनाएको छ । कसेनी र खाँमेझोडाका एक सय ६० घर डुबानमा परेका छन् । मधुमल्ला ३, ४, ५ र ६ नम्बर वडाका करिब ५ सयभन्दा बढी घरहरु प्रभावित भएका छन् । प्रभावित परिवारलाई प्रहरीले सुरक्षित स्थानतर्फ लगेको छ । यस्तै, घरमा खोला पसेपछि सरसामान बोकेर सर्वसाधारणले विद्यालय र टाढाको टोलमा शरण लिएका छन् ।

उच्च स्थानमा भएका कारण नुनसरी खोला गाउँमा पसेको स्थानीयले बताएका छन् । जिविसले नुनसरी खोलामा ढुंगागिट्टी उत्खनन् गर्न नदिएका कारण सिंगो कसेनी र खामेझोडा प्रभावित भएको स्थानीय लक्ष्मण मिश्रले बताए । खोलामा तटबन्ध निर्माणका लागि सम्बन्धित निकाय समक्ष पटक-पटक आग्रह गर्दा समेत कुनै चासो नदेखाएको उनको भनाइ छ ।
badi vako ghra ma jadai
मधुमल्ला गाविसमा मावा-बक्राहा तटबन्धन निर्माण समितिले केही दिनअघि खोलामा जाली हालेको थियो । खोला नियन्त्रण समितिका अध्यक्ष बलबहादुर माखिमका अनुसार गाउँमा खोला पस्ने त्राश सधैं रहे पनि स्रोत र साधन अभावले नियन्त्रण गर्न सकिएको थिएन । खोला गाउँमा पसेपछि विराटनगरबाट दैवी प्रकोप उद्दार समितिको टोली प्रभावित क्षेत्र निरीक्षण गरेर फर्किएको छ ।

उद्दार समितिका संयोजकसमेत रहेका मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बाढी प्रभावितहरुलाई तत्काल स्थानीय विद्यालयमा राखिने बताए । टोलीले पीडितहरुको अवस्था समेत नहेरी विराटनगर फर्किएको स्थानीयवासीले गुनासो गरेका छन् । यो समाचार तयार पार्दासम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खामेझोडामा अस्थायी बाँध निर्माण गरी खोलाको धार फर्काएको छ । यस्तै, कसेनीमा खोला फर्काउने काम भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक भण्डारीले बताए ।
IMG_5057
मधुमल्ला गाविस बाढीको कारण बर्षौदेखि पीडित हुदै आएको छ । मधुमल्ला गाविसका सचिव शिवकुमार खत्रीले खोलाबाट ढुंगागिटी उत्खनन्का लागि जिविसले यसै साता  अनुमति दिएपनि ठेकेदारले उत्खनन् नगरेको बताए । सो खोलाको ढुंगा तथा गिटी न्यून गुणस्तर भएकाले पनि ठेकेदारको रोजाइमा नपरेको सचिव खत्रीको भनाइ छ । गाविसले बाढी रोकथामका लागि बर्षमा दुई लाख मात्र विनियोजन गरेको छ । उक्त रकम तटबन्ध निर्माणका लागि पर्याप्त नभएको नदी नियन्त्रण समितिका अध्यक्ष माखिम बताउछन् ।

home

opening the way

saman osardai

showing the house head of cpn uml madhumall,budihilal niroula

the house in danger

शब्द/तस्वीर : गोविन्द पोख्रेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment