Comments Add Comment

चीनमा ६.५ रेक्टरको शक्तिशाली भूकम्प, चारको मृत्यु

earthquake-chaina
१८ असार, काठमाडौं । चीनमा शुक्रबार विहान ६.५ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी ४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४८ जना घाइते भएका छन् ।

चीनको सिनज्याङ क्षेत्रको होतानलाई केन्द्र बिन्दू भएर शुक्रबार बिहान शक्तिशाली भूकम्प गएको हो । चिनियाँ भूकम्प नेटबर्क सेन्टरले ६.५  रेक्टर स्केलको भूकम्प भनेको छ ।

ठूलो भूकम्पपछि पराकम्प आइरहेको छ । होतानको विमानस्थल बन्द गरिको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment