Comments Add Comment

डोजर चालकको कुटेर हत्या, दोषिलाई कारवाही गर्न माग

कपिल ज्ञवाली
१८ असार, बुटवल । रुपन्देही मोतिपुरका सुरेश चौधरीको कुटपिट गरी हत्या भएको छ । चौधरी डोजर चालक हुन् । उनको हत्यापछि उक्त पेशामा आबद्धहरु त्रसित बनेका छन् ।

Suresh-Chaudhariहत्यामा संलग्नलाई पत्ता लगाइ कानुनी कारवाही गर्न नेपाल हेभी इक्वीपमेन्ट्स अपरेटर संघ बुटवलले माग गरेको छ ।

डोजर चालक चौधरीलाई पोखराको लेखनाथ नगरपालिका १७ सिम्लेरीतरा पशुपति घाटमा डोजर चलाउंदै गर्दा मोटरसाइकलमा आएका अपरिचित युवाहरुले कुटपिट गरी हत्या गरेको संघले जनाएको छ ।

‘काम गरिरहेको अवस्थामा निर्दोष चालकलाई निर्मम तरिकाले कुटपिट गर्नु र भीरबाट फालेर हत्या गर्नु जघन्य अपराध भएकाले दोषीलाई यथाशीघ्र पक्राउ गरी हदैसम्मको कानुनी कारवाही हुनुपर्‍यो,’ संघका अध्यक्ष शिवप्रसाद न्यौपानेले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भने, घटनाको ४ दिन बितिसक्दा पनि हत्याराहरु पक्राउ नपर्दा असुरक्षाको महसुस भएको छ ।’

अध्यक्ष न्यौपानेले घटनाका दोषीलाई कारवाहीका साथै मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति दिनुपर्ने माग गरे ।

चार दिनसम्म दोषी पक्राउ नपर्दा विभिन्न जिल्लाका डोजर चालकहरुले असुरक्षा महसुस गरी काम बन्द गर्छौं भनी संघमा दवाव आइरहेको अध्यक्ष न्यौपानेले बताए ।

घटनापछि स्थानीय दीपक मल्लसहित ३ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय कास्की पोखराले जनाएको छ । स्रोतकाअनुसार डोजर लगाइएको जग्गामा स्थानीय दुई पक्षबीच विवाद चर्किंदा त्यसको शिकार निर्दोष डोजर चालक चौधरी भएका हुन् ।

परिवारमा कमाएर खानदिने १९ वर्षीय चौधरीको हत्या भएपछि उनको परिवार शोकमा डुबेको छ । मृतककी आमा ४५ वर्षीया महारानी थारुले छोराको मृत्युले आफ्नो परिवारमा ठूलो बज्रपात भएको भन्दै दोषिलाई तत्काल पत्ता लगाइ कारवाही गर्न माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment