Comments Add Comment

लामो खिचियो भूवनको ‘ड्रिम्स’, जीया पनि के कम ?

dreams-shooting
पोखराको एक होटलमा बिल नतिरेका कारण विवादमा परेका नायक भूवन केसी आफ्नो चलचित्र ‘ड्रिम्स’ बलिउड स्तरको बनेको बताउँछन् । भूवनको पहिलो निर्देशनमा बनेको यो सपनाको चलचित्र अझै काठमाण्डौमा खिच्न बाँकी छ ।

तर, मुस्ताङ, पोखरामा खिचिएका दृश्य अत्याधिक धेरै भएको श्रोतले अनलाइनखबरलाई बताएको छ । भूवन केसीले यो चलचित्रका लागि धेरै दृश्य खिचेका छन् । जसका कारण यसको सम्पादनमा समस्या आउन सक्छ ।

भूवन केसीको यो चलचित्रको करिब ८० प्रतिशत छायांकन सकिदाको अवस्थामा ५ घन्टा भन्दा लामो खिचिएको छ । जसका कारण पनि भूवनले अब खिचिएका दृश्य सम्पादन नगरेसम्म बाँकी छायांकन नगर्ने सोच बनाएका छन् ।

श्रोतका अनुसार भूवनको चलचित्रको छायांकनमा धेरै जना निर्देशक  जन्मिएका थिए । जसले पनि आ-आफ्नै तरिकाले चलचित्र खिच्न खोज्दा दृश्य धेरै भएको हो ।

भूवनसँगै चलचित्रको छायांकनमा रहेकी नायिका जीया केसीले पनि निर्देशकको जस्तै व्यवहार गरेको श्रोतले बताएको छ । जीयाले पनि यो भएन र यसरी खिचौं भन्दै सिकाएको चलचित्रमा काम गरेका एक व्यक्तिले अनलाइनखबरलाई बताए ।

जीया चलचित्रको छायांकनका क्रममा पोखरामा भूवनसँगै थिइन् । चलचित्रका लागि भूवनले धेरै नै मिहिनेत गरेका छन् । तर, चलचित्रका दृश्यहरु आवश्यक भन्दा धेरै खिचिएकाले भूवनमा केही समस्या थपिएको छ ।
छोरा अनमोल केसीलाई लिएर भूवनले निर्देशन गरेको यो चलचित्रमा दुई नयाँ नायिकाले काम गरेका छन् ।

भूवनको दाबी-‘बलिउडसँग तुलना गर्ने चलचित्र बनाएको छु’

भूवन केसीलाई होटलको बिल नतिरेको आरोप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment