Comments Add Comment

डिसहोमको ‘मुभी अन डिमान्ड’ च्यानल एक महिना निःशुल्क

१८ असार, काठमाडौं । डिसहोमले च्यानल मुभी अन डिमान्ड एक महिनाको लागि पूर्ण रुपमा निःशुल्क प्रदान गरेको छ । यस योजनामार्फत एक महिनासम्म लगातार नयाँ नयाँ नेपाली सिनेमा प्रसारण हुने कम्पनीले जनाएको छ ।

Dish Home finalमुभी अन डिमान्डमार्फत बिहान ७ बजे, दिउँसो ११ बजे, अपरान्ह ३ बजे र साँझ ७ बजे गरी दिनमा चार पटक एउटै फिल्म प्रसारण गरिन्छ । यो अफर डिसहोमका सम्पूर्ण ग्राहकहरुका लागि प्रदान गरिएको छ । यी सिनेमा हेर्नका लागि ग्राहकहरुले आफ्नो नियमित प्याकेज एक्टिभ भएको हुनुपर्नेछ ।

मुभी अन डिमान्ड सुविधा डिसहोम बाहेक अरु कुनै पनि सेवा प्रदायकले बजारमा उपलब्ध नगराएको कम्पनीको दाबी छ । यो सेवाप्रति ग्राहकहरुको उल्लेख्य रुचि रहेको र समय समयमा आफ्ना ग्राहकहरुलाई यस्तो फ्रि सुविधा प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ ।

ग्राहकहरुले आफ्नो नियमित प्याकेज रिचार्ज गरी १ महिनामा ६ सय बराबरका ३० वटा सिनेमाहरु निःशुल्क हेर्न सक्नेछन् । सामान्यतया आफुले रोजको सिनेमा हेर्नका लागि एसएमएस मार्फत सिनेमाको नाम खुलाउनपर्ने हुन्छ । तर, यस विशेष योजना अन्र्तगत चालु रहेका कुनै पनि डिसहोम कनेक्सनमा सिनेमा हेर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment