Comments Add Comment

समानुपातिकको दर घटाउन कांग्रेस सभासदको माग

१८ असार, काठमाडौं । नेपाली कांग्रेसका सभासदहरुले समानुपातिक निर्वाचन प्रणालीको प्रतिशत दर घटाउन नेतृत्वलाई सुझाव दिएका छन् । हालको ४० प्रतिशत समानुपातिक प्रतिनिधित्वलाई घटाएर २० प्रतिशतमा झार्नुपर्ने उनीहरुको सुझाव छ ।

NC FLAG

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस सभासदहरुले यस्तो सुझाव दिएका हुन् ।

सभासद रामहरि खतिवडाले ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट योग्य र सक्षम जनप्रतिनिधि नचुनिने भएकाले त्यसलाई घटाउन माग गरे ।

नयाँ संविधानको मस्यौदामा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक तरिकाले चुनिने मिश्रित निर्वाचन प्रणाली प्रस्ताव गरिएको छ ।

शुक्रबारको संसदीय दलको बैठकमा १७ सभासदहरुले धारणा राखेका छन् । संविधानको मस्यौदामाथि छलफल गर्न बसेको बैठकमा उनीहरुले संविधानको मस्यौदामा लेखिएको ‘धर्म निरपेक्षता’को ठाउँमा ‘धार्मिक स्वतन्त्रता’ राख्न, प्रस्तावनामा बहुलवाद राख्न, नामांकन र सिमांकनसहितको संविधान ल्याउन पनि नेतृत्वलाई सुझाव दिएका छन् ।

विहीबारको बैठकमा पनि कांग्रेस सभासदहरुले यीनै विषयमा नेतृत्वको ध्यानाकर्षण गराएका थिए । बैठक शनिबार पनि बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment