Comments Add Comment

संविधान मस्यौदामाथिको छलफल शुरुमै अवरुद्ध

CA-Meeting

१८ असार, काठमाडौं । संविधानसभामा पेश भएको नेपालको नयाँ संविधानको प्रारम्भिक मस्यौदा माथिको छलफल राप्रपा नेपाल लगायत केही साना दलको अवरोधका कारण अवरुद्ध भएको छ ।

मस्यौदा समितिले निर्णय गरेको भन्दा बाहिर गएर धर्म परिवर्तनलाई मौलिक हकमा राखिएको, स्थानीय चुनावको विषय हटाइएको लगायतका विषय उठाउदै राप्रपा नेपालले बैठक अवरुद्ध पारेको छ ।

केही मधेस केन्द्रित दलका सभासद पनि विपक्षमा छन् भने सभासद विश्वेन्द्र पासवान रोष्टम अगाडि गएर पलेटी कसेर बसेका छन् ।

सभाध्यक्ष नेम्वाङले एमाओवादी सभासद गिरिरामणी पोखरेललाई बोल्न समय दिएपछि राप्रपा नेपालका सभासदहरु नाराबाजीमा उत्रिएका थिए । सभाध्यक्षले पटक पटक आग्रह गर्दा पनि उनीहरुले नाराबाजी जारी राखेका छन् भने पोखरेल रोष्टममा उभिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment