Comments Add Comment

युरोपियनको दबावमा धर्म परिवर्तनलाई मौलिक हकमा राखियो : कमल थापा

१८ असार, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले युरोपेली युनियन र बेलायतको दबावमा धर्म परिवर्तनलाई संविधानको मौलिक हकमा राखिएको आरोप लगाएका छन् ।

फाइल फोटो
फाइल फोटो

संविधानसभाको शुक्रबारको बैठकको शुरुमै अवरोध सिर्जना गर्दै थापाले संविधान मस्यौदा समितिले गरेको निर्णय विपरित धर्म परिवर्तनलाई मौलिक हकमा राखेर प्रस्ताव पेश भएको बताए ।

थापाले भने-‘युरोपेली युनियनको टोलीले प्रधानमन्त्रीलाई भेटेर धर्म परिवर्तनको अधिकार संविधानमा सुरक्षित गर्न दबाव दिएका थिए । बेलायती राजदूतले धर्म परिवर्तन मौलिक हकमा राखिनुपर्छ भनेका थिए । अहिले त्यहि कुरा मस्यौदामा आएकाले यो संविधान कसको निमित्त बन्दैछ भन्ने प्रष्ट भयो ।’

थापाले संविधानसभा अध्यक्ष सुवास नेम्वाङले षड्यन्त्र शव्द प्रयोग नगर्न भनेको सन्दर्भ कोट्याउदै भने-सम्माननीय अध्यक्षज्यू १ अन्तिम एक पटक षड्यन्त्र शव्द प्रयोग गर्न चाहन्छु,यसलाई त षड्यन्त्र नै भन्नु पर्ने भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment