Comments Add Comment

कक्षाकोठामा अन्धाधुन्ध चक्कु र रड प्रहार, एक छात्रा घाइते

१८ असार, काठमाडौं । काठमाडौंको गोठाटारस्थित एक समुदायिक विद्यालयमा तीन जना युवाले कक्षाकोठामा प्रवेश गरेर अन्धाधुन्ध चक्कु र रड हानेका छन् ।

चक्कु प्रहारबाट कक्षा ८ मा अध्ययनरत एक छात्राको दायाँ हातमा गहिरो चोट लागेको छ । घटना तेज विनायक उच्च माविमा बिहीबार बिहानै भएको हो । तर, शुक्रबार मात्र सार्वजनिक भएको छ ।

आपसी विवादपछि तीन जना किशोर समूह स्कुलमा प्रवेश गरेका थिए । गोठाटार प्रहरीका अनुसार विवादपछि एक युवक तरकारी पलसबाट चक्कु टिपेर स्कुलमा प्रवेश गरेका हुन् ।

विहानी कक्षा सञ्चालन भइरहेको समयमा ढोकामा लात्तीले हान्दै एक विद्यार्थी कक्षमा प्रवेश गरेका थिए । कक्षाकोठामा प्रवेश गरेर फलामे रड र चक्कुले तर्साउन थालेपछि विद्यार्थीहरु भागेका थिए । त्यही क्रममा १५ वर्षकी हेमा कटुवालको हातमा चोट लागेको छ ।

घटनामा संलग्न गोठाटारका नविन दाहाल, अभिनाश दाहाल र सुलभ पण्डितलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आवश्यक कारबारहीका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।

प्रहरीका अनुसार नविन पूर्वविद्यार्थी हुन् । स्कुलमा झगडा गरेपछि उनलाई निस्कासन गरिएको थियो । निस्कासनपछि नविनको समूहले पटक पटक स्कुलमा गएर अराजक गतिविधि गर्ने गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment