Comments Add Comment

एनआरएनको जिम्मेवारी बढ्योः जीवा लामिछाने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्र्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी) का पूर्व अध्यक्ष जीवा लामिछानेले मुलुकको विकासका लागि गैरआवासीय नेपालीहरुको जिम्मेवारी थप बढेको बताएका छन् ।

jibaविहीबार एनआरएनए युकेले लण्डनस्थित ब्लु आर्किड रेष्टुरेण्टमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भूकम्पबाट क्षतिग्रस्त मुलुकको पुनर्निर्माण गर्न सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए ।

भूकम्प गएपछि गैरआवासीय नेपाली संघले आव्हान गरेको तत्काल राहात संकलनमा संसारभरका गैरआवासीय नेपालीहरुको उत्साहजनक साथ, समर्थन र सहयोग पाएको लामिछानेले बताए । उनले बर्तमान कार्यसमिति र विशेष गरी अध्यक्ष शेष घलेको काम अत्यन्तै स्रहानीय रहेको औंल्याए ।

पारिवारिक भ्रमणको शिलशिलामा बेलायत आइपुगेका लामिछानेले नेपाल सरकार र नेपाली जनताको अपेक्षा पनि गैरआवासीय नेपालीहरुप्रति रहेको दोहोर्‍याउंदै अहिले मुलुकका लागि केही गरेर देखाउने बेला भएको उल्लेख गरे ।

एनआरएनए युकेका महासचिव राजकुमार त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा आइसीसी सदस्यहरु पशुपति भण्डारी, विजन भट्ट, सुरेन्द्र श्रेष्ठ, थर्क सेन, उपाध्यक्षहरु कृष्ण तिमिल्सिना, सूर्य नेम्वाङ र शान्ति थापा कुँवर, सचिव डांसुराम पाण्डे, सदस्य फणिन्द्र भट्टराई, सल्लाहकारहरु सुवाससिंह गुरुङ, चित्रबहादुर गुरुङ, सोलिसिटर राजु थापा, बीबीसी नेपाली सेवाका लण्डन प्रमुख सुमन खरेल, लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment