Comments Add Comment

झापाका सहकारीको आम्दामी डेढ अर्ब

१८ असार, झापा । झापामा सञ्चालित आठ सय ५० वटा सहकारी संस्थाले यस वर्ष रएक अर्ब ५० करोड रूपैयाँ आम्दानी गरेका छन् ।

डिभिजन सहकारी कार्यालयका अनुसार यसबाट २१ करोड नाफा भएको छ । डिभिजन सहकारी कार्यालयका प्रमुख माधवप्रसाद पोखरेलले सामाजिक र आर्थिक रुपान्तरणको माध्यम बन्दै गएको सहकारीमा दुई अर्ब सेयर पुँजी र सात अर्ब बचत रहेको जानकारी दिए । जिल्लामा सञ्चालित सहकारीमा तीन लाख ५० हजार मानिस आबद्ध रहेका छन् भने जसमा दुई लाख ५० हजार महिलाको सहभागिता रहेको छ ।

सभासद् सुधीरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको छलफल कार्यक्रममा सहकारी डेस्क स्थापनाको महत्वको विषयमा प्रकाश पार्दै स्थानीय विकास अधिकारी फणीन्द्र दाहालले जिल्लामा सहकारी डेस्क स्थापना भए जिविसको पहुँच जनतामाझ सहजै पुग्ने बताए । जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष घनश्याम अधिकारीले सहकारी डेस्क झापामा स्थापना भए लक्षित वर्ग पनि सहकारीको पहुँचभित्र सहजै पुग्ने बताए ।

गरिबी निवारणमा निजी क्षेत्रको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्दै उद्योग वाणिज्य सङ्घ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले गरिबी न्यूनीकरण गर्न सहकारीले महत्वपूर्ण भूमिक निर्वाह गरेको बताए । नेपाल केन्द्रीय सुपारी सहकारी सङ्घका अध्यक्ष लय भण्डारीले सहकारी अभियानमा समन्वय विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment