Comments Add Comment

दोलखामा पहिरोमा परी एकको मृत्यु, पाँच घाइते

१८ असार, चरिकोट । दोलखाको गौरीशङ्कर गाविस–९ स्थित सिप्रिङखोला जलविद्युत आयोजनामा शुक्रबार दिउँसो सुख्खा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ । अन्य पाँचजना घाइते भएका छन् ।

पहिरोले पुरिएर बुलुङ–९ का हेमबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अजय केसीले जानकारी दिए । पहिरोमा परी लामाबगर गाविस–९ का धनध्वज तामाङ, वडा नं ७ का लक्ष्मण तामाङ, खारे गाविस–९ का सूर्य मगर र भारत देहरादुनका  क्षितिज मुसलमान रहेका छन् ।

पहिरोमा परेर आयोजनाका कर्मचारी ओराङ गाविस–७ की शर्मिला आचार्य बेपत्ता भएका छन् । पहिरोबाट आयोजनास्थलमा क्षति पुगेको छ ।

आयोजनास्थलमा २०६७ साल साउन दोस्रो सातामा पहिरो जाँदा ११ जनाको मृत्यु भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment