Comments Add Comment

बचनमा पक्का स्वरेज, अस्पताल पुगेर क्यान्सर पीडित बालक भेटे

Luis-Suarez-With-Mateo

१८ असार, काठमाडौं । बार्सिलोनाका स्टार स्ट्राइकर लुइस स्वरेजले पूृर्व प्रतिवद्धता अनुसार मोन्टेभिडियो अस्पताल पुगेर क्यान्सर पीडित बालकलाई भेटेका छन् ।

स्वरजले गत मेमा क्यान्सर पीडित मटेयोलाई आश्चर्यमा परेका थिए । मटेयो चेकअपका लागि अस्पताल पुग्दा डाक्टरले उनलाई ‘विशेष’ डाक्टरसँग भिडियोमा कुरा गराए ।

‘विशेष’ डाक्टर बनेर स्वरेज प्रस्तुत भएका थिए । केही कुराकानीमा उनले चिनेनन् । तर, स्वरेज भिडियो च्याचमा देखिएपछि मटेयो आश्चर्यमा परे ।

स्वरेजले उनलाई तिमि धेरै बहादुर हौं तिमीले संघर्षलाई निरन्तरता दिनुपर्छ भन्दा उनको आँखा सराएको थियो । स्वरेजले बार्सिलोनाका फ्यान समेत रहेका क्यान्सर पीडित मटेयोलाई डाक्टरले दिएको निर्देशन माने र औषधी खाए आफ्नो हस्ताक्षरसहितको बार्सिलोनाको जर्सी दिने बचन दिए ।

यसैसाता स्वरेज र उनको पत्नीले परेरा रोसेल अस्पतालको भ्रमण गरेका छन्, जहाँ मटेयो पनि थिए । दुबैले क्यान्सरको उपचार गराइरहेका बालबालिकालाई भेटेका छन् ।

स्वरेज रेरेज स्क्रामिना फाउण्डेसनका प्रयोजक समेत हुन्, जसले बाल्यकालमा नै क्यान्सरबाट पीडित बालबालिकाको उपचार गर्न सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment