Comments Add Comment

चेल्सीले फल्काओलाई लोनमा भित्र्यायो

Radamel Falcao

१८ असार, काठमाडौं । चेल्सीले मोनाकोको स्ट्राइकर राडामेल फल्काओलाई एक वर्षका लागि लोनमा भित्र्याएको छ ।

२९ वर्षका कोलम्बियन स्ट्राइकर फल्काओ गत सिजन अर्को इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडबाट खेलेका थिए । उनले २९ खेलमा मात्र चार गोल गरेका छन् । फल्काओ चेल्सी आएपछि २० वर्षका क्रोएसियन मिडफिल्डर लोनमा जानेछन् ।

चेल्सी आवद्ध हुन पाएमा फल्काओले खुसी व्यक्त गरे । उनले चेल्सीलाई आगामी सिजन उपाधि दिलाउन सहयोग गर्ने बताए ।

एफसी पोर्टामा दुई सिजनमा ७२ गोल गरेपछि २०११ मा फल्काओ एथ्लेटिको मडि्रड गएका थिए । स्पेनिस क्लबमा उनले दुई सिजनमा ७० गोल गरे ।

२०१३ मा ५० मिलियन पाउण्डमा मोनाको गएका उनी २०१४ को जनवरीमा घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment