Comments Add Comment

अध्ययन भन्छ- पुरुषहरुमाथि कार्यस्थलमा यौनहिंसा बढ्दो

office-spaceयदि तपाइँ कामकाजी पुरुष हुनुहुन्छ भने सचेत हुनुहोस् । हालैको एक अध्ययनले कार्यस्थलमा यौनिक रुपमा हिंसामा पर्ने पुरुषहरुको संख्यामा बढोत्तरी हुँदै गएको देखाएको छ ।

अस्ट्रेलियाको क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजी तथा रोयल मेलवर्न इन्स्टियच्युट अफ टेक्नोलोजीले संयुक्त रुपमा यो अध्ययन गरेका हुन् । त्यसक्रममा पछिल्लो ६ महिनाका यौन हिंसा सम्बन्धि २ सय ८२ वटा उजुरीका विषयमा विश्लेषण गरिएको थियो ।

ती उजुरमध्ये ७८ प्रतिशत उजुरीहरु महिलाले गरेका उजुरी थिए जहाँ पुरुष सहकर्मीले आफुमाथि यौनहिंसा गरेको आरोप लगाइएको थियो । तर ११ प्रतिशत उजुरी भने पुरुषद्वारा दर्ता गरिएकेा थियो । पीडित पुरुषहरुले आफुलाई अरु पुरुषले यौनहिंसा गरेको आरोप लगाएका थिए ।

पुरुषहरु यौनहिंसाबाट पीडित हुने गरेको यो तथ्यांक अपेक्षा गरिएको भन्दा निकै उच्च रहेको शोधकर्ता प्राध्यपक पाउला म्याकडोनाल्डले बताएकी छिन् ।

यद्यपि महिलाले पुरुषमाथि कार्यस्थलमा यौन हिंसा गरेको घटना भने अध्ययनका क्रममा पाइएन । समलिंगी पुरुषहरुबाट पुरुष सहकर्मीहरुमाथि बढि मात्रामा यौनहिंसा हुने गरेको पाइएको छ ।

शोधकर्ता म्याकडोनाल्डका अनुसार कार्यस्थलमा पुरुषमाथि हुने यौनहिंसा बढ्दै गएको छ र यसलाई नजरअन्दाज गर्न मिल्दैन । त्यसैले कुनैपनि कार्यालयका व्यवस्थापकहरु पुरुष कर्मचारीमाथि हुने यौनहिंसा रोक्न सचेत हुनुपर्ने उनले बताएकी छिन् ।

शोधकर्ताहरुका अनुसार कतिपय अवस्थामा महिलाले महिलामाथि नै यौनहिंसा गर्ने गरेको पनि पाइएको छ । खासगरी हाकिम महिलाले आफ्नो कारिन्दा महिला कर्मचारीमाथि अधिकार स्थापित गर्न तथा दबाउनका लागि यौनिक दुव्र्यवहारको सहारा लिने गरेको पाइएको छ । कार्यस्थलमा हुने कुल यौनहिंसा मध्ये ६ प्रतिशत महिलाबाट महिलामाथि नै हुने गरेको पाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment