Comments Add Comment

नेदरल्याण्डविरुद्ध नेपालको सान्त्वना जित

Nepal Vs  GLOUCESTERSHIRE CRICKET (1)

१९ असार, काठमाडौं । नेदरल्याण्डविरुद्धको चौथो तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले सान्त्वना जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा नेपालले कप्तान पारस खड्काको अर्धशतकको मदतमा नेदरल्याण्डलाई ३ विकेटले पराजित गरेको हो । यससँगै नेदरल्याण्डले चार म्याचको श्रृखला ३–१ ले जितेको छ ।

नेदरल्याण्डले प्रस्तुत गरेको १४० रनको लक्ष्य नेपालले अन्तिम २ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।

सुरुवात भने राम्रो रहेन । पहिलो ओभरको दोस्रो बलमा नै ओपनर सागर पुन व्यक्तिगत चार रनमा आउट भए ।

सुवास खकुरेलको स्थानमा आएका अनिल मण्डल र उपकप्तान ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि २५ रनको साझेदारी गरे । ज्ञानेन्द्र १८ रनमा आउट भए ।

कप्तान पारस लगातार क्रिजमा टिकिरहे पनि अन्य ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन् । खड्काले अनिल मण्डलसँग २०, विनाद भण्डारीसँग २७ र शरद भेसवाकरसाग ४४ रनको साझेदारी गरे ।

मण्डल नौ रनमा रन आउट भएका थिए भने विनाद १३ र शरद १२ रनमा आउट भए । छैटौं विकेटका रुपमा आउट भएका पारसले ४१ बलमा छ चौकाको मदतमा ५४ रन बनाउँदै जितको आधार तयामर पारे ।

पारस आउट हुँदा नेपालको स्कोर १३० रन थियो र ७ बल बाँकी थियो । पारस आउट भएपछि आएका सोमपाल कामीले पहिलो बलमै चाका होपछि नेपाललाई अन्तिम ओरमा ६ रन चाहियो ।

तर, पहिलो बलमै प्रदिप ऐरी आउट भए । उनी व्यक्तिगत ६ रनमा आउट भए । बसन्त रेग्मी नयाँ ब्याट्सम्यानका रुपमा आए र दोस्रो बलमा उनले २ रन जोडे । तेस्रो बलमा नेपालको खातामा एक रन आयो ।

बाँकी ३ बलमा नेपाललाई ३ रन चाहियो । तर, चौथो बलमा सोमपालले कभर ड्राइभ क्षेत्रमा चौका हान्दै नेपाललाई जित दिलाए । सोमपालले २ बलमा ८ रन बनाएर अविजित रहेन भने बसन्त रेग्मी २ रनमा अविजित रहे ।

नेदरल्याण्डका मल्लिकले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेदरल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो । उसका लागि रोएलोफ भान डेरले ४० रन बनाए ।

नेपालका सागर पुनले ४ ओभरमा २६ रन खर्चिएर ३ विकेट लिए भने बसन्त रेग्मीले २ र सोमपाल कामीले १ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment