Comments Add Comment

रात्री बसका चालक पनि लागूऔषध सेवनकर्ता

१९ असार, विराटनगर । लामो दूरीमा सञ्चालन हुने रात्रिसबा चालक र सहचालकले लागूऔषध सेवन गर्ने गरेको पाइएको छ । प्रहरीले पूर्व-पश्चिम राजमार्गमा पर्ने सप्तरीको त्रिकोल-८ स्थित वैद्यनाथ पेडा पसलबाट चालक तथा सहचालकलाई बेच्न राखिएको लागू पदार्थ ठूलो परिणाममा बरामद गरिएको छ ।
Night bus
प्रहरीले पेडा पसल सञ्चालक ३२ वर्षीय राजकुमार गुप्तालाई पनि पक्राउ गरेको छ । पक्राउ परेका गुप्ताले लामो दूरीमा सञ्चालन हुने रात्री वसका चालक र सहचालकलाई विक्री गर्ने गरेको बयान दिएको प्रहरीलाई उद्धृत गर्दै नयाँ पत्रिकाले खबर छापेको छ ।

लामो दूरीमा चाल्ने रात्रीबसले खाजा खान रोक्दा लागूऔषध प्रयोग गर्ने गरेको पाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीका इन्स्पेक्टर मेघराज थापाले बताए ।

प्रहरीले सो पसलबाट लागूऔषध नाइट्रोसन एक सय १९ ट्याबलेट, स्पास्मो प्रोभिक्सन ८४ क्याप्सुल र दुई बोतल कोरेक्स बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment