Comments Add Comment

म्याद नाघेका खोप गाउँ पुगे, बालबालिका खोपबाट बञ्चित

१९ असार, काठमाडौ । म्याद गुज्रेका म्याक्सिन (खोप) गाउँका खोप केन्द्रहरुमा पुगेपछि ताप्लेजुङका चार गाविसका बालबालिका खोपबाट बञ्चित भएका छन् ।
sirinj
गाउँका खोप केन्द्रहरुमा म्याद गुज्रेका भ्याक्सिन पुगेका कारण जिल्लाको पश्चिमी गाविसहरु खाम्लुङ, सान्थाक्रा, थिङलाबु र फाकुम्बाका बालबालिकाहरु खोपबाट बञ्चित भएको गोरखापत्रमा खबर छ ।

एक वर्षमुनीका बालबालिकालाई लगाइने डीपीटीएचबी नामक खोप (भ्याक्सिन) म्याद गुज्रेको अवस्थामा ती गाविसका खोप केन्द्रमा पुर्याइएका थिए ।

डीपीटीएचबी खोप उक्त गाविसहरुमा प्रत्येक महिनाको ११, १२ र १३ गते मासिक रुपमा लगाउने गरिएकोमा जेठ महिनाका लागि पुर्याइएका खोपहरु म्याद गुज्रेको पाइएको थिङलाबु स्वास्थ्य चौकीका इन्चार्ज सूर्य ओख्राबुले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङबाट गाउँका खोप केन्द्रहरुमा पुर्याइएका भ्याक्सिनहरु बालबालिकाहरुलाई लगाउँन लाग्दा म्याद गुज्रेको पाइएको स्वास्थ्य चौकी इन्चार्ज ओख्राबुले बताए ।

उनले म्याद गुज्रेको थाहा पाउने वित्तिकै चार वटै गाविसका खोप केन्द्रहरुमा खोप प्रयोग नगर्न भनी खबर गरिएको बताए ।

बालबालिकालाई लगाउनुभन्दा पहिले नै खोपको म्याद गुज्रेको भनी थाहा पाएकाले ठूलो दुर्घटनाबाट बचेको उनको भनाइ छ ।

उनका अनुसार १५ मे २०१५ मै अवधि समाप्त भएको खोप गाउँमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

फेरिएकी बर्षा

Advertisment