Comments Add Comment

छात्रवृत्ति नबाँड्दा शिक्षकको तलब रोक्का

१९ असार, जाजरकोट । जाजरकोट जिल्लाको रोकायगाउँ स्थित जनता निम्न माध्यमिक विद्यालय रोकायगाउँका प्रधानाध्यापक तीर्थराज पुनलेे दुई बर्ष देखि छात्रबृत्ती र पाठ्यपुस्तकको रकम नवाँडेको रहस्य खुलेपछि जिल्ला शिक्षा कार्यालयले उक्त विद्यालयको खाता रोक्का गर्नुका साथै शिक्षकहरुको तलब समेत रोक्का गरेर कारवाही बढाएको छ । प्रधानाध्यापक पुनले कक्षा कोठा पुर्नस्थापना, कार्यालय सहयोगीको तलब लगाएत शीर्षकको रकम समेत हिनामिना गरेको अभिभावकले आरोप लगाएका छन् ।

जस्का कारण दुई बर्ष देखि विद्यार्थी छात्रबृत्ती तथा पाठ्यपुस्तकको रकम  पाउनबाट बन्चित भएका छन् । कक्षा कोठा पुर्नस्थापना तथा फर्निचर ब्यबस्थापनको २ लाख ५० हजार, छात्रबृत्तीको १ लाख, पाठ्यपुस्तकको १ लाख, कार्यालय सहयोगीको तलब ५० हजार र निजी शिक्षकको तलब १ लाख हीनामीना गरेको स्थानीय अभिभावक टीकाराम नेपालीले बताए । उनले छात्रबृत्ती तथा पाठ्पुस्तकको रकम वितरण नगरेको दुई बर्ष भएको जानकारी दिएको राजधानीमा खबर छ ।

त्यस्तै कार्यालय सहयोगी र निजी शिक्षकलाई तलब नखुवाएको पनि एक बर्ष वितेको छ । गत आर्थिक बर्षमा जिल्ला शिक्षाबाट कक्षा कोठा पुर्नस्थापना तथा फर्निचर ब्यबस्थापनका लागि आएको रकम समेत कुनै पनि काम नरेर हिनामिना गरेको र प्रधानाध्यापक पुनले विद्यालयमा नपढारै तलब भत्ता खाने गरेको अभिभावकको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment