Comments Add Comment

सुनसान बन्यो नेपालको स्वीट्जरल्याण्ड

१९ असार, काठमाडौ । सर्वोच्च शिखर समगरमाथाको प्रवेशद्वारा जिरी बजारलाई स्वीट्जरल्याण्डको जुरिच सहरसँग तुलना गरिन्थ्यो । त्यही बजार भूकम्पपछि सुनसान बन्दै गएको छ । हाटडाँडा र लिंकन बजारका सय भन्दा बढी होटल-लजले पर्यटकीय मोसकको बेला दिनहुँ १५ सयदेखि २ हजारसम्म पर्यटकको स्वागत र सत्कारको अवसर पाउँथे ।

विहान सबेरैदेखि राती अबेरसम्म स्वदेशी र विदेशी पर्यटकले खचाखच हुने पर्यटकीय बजार जिरी दुई महिनादेखि सुनसान छ । २९ वैशाखको शक्तिशाली पराकम्पले ध्वस्त भएको जिरी बजारमा दिउँसै सन्नाटा छाउँछ । भग्नावशेष भत्काउने काम पनि हुन सकेको छैन ।

भूकम्पले पुर्याएको क्षतिको स्थलगत अनुगमनका लागि पुग्ने सरकारी र गैरसरकारी निकायका प्रतिनिधि र केही पत्रकारबाहेक जिरीमा अरु कोही पनि नआएको लिंकन बजारका ७७ वषर्ीय धनबहादुर जिरेलले बताए ।
हरियालीले ढपक्क ढाकेका डाँडाकाँडा, जंगलछेउका सुन्दर चौरहरु, आँखाले भ्याएसम्म देखिने हिमश्रृंखलाहरुले जिरी निकै सुन्दर देखिने नयाँ पत्रिकामा छ ।

स्वीस सरकारले ०१४ मा जिरी बहुउद्देश्यीय विकास आयोजनामार्फत सडक, शिक्षा, स्वास्थ्य, कृषि लगायतका पूर्वाधार विकाश गरिदिएपछि जिरीले विकासको फड्को मारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment