Comments Add Comment

सातजना नक्कली भूकम्पपीडितको परिचयपत्र फिर्ता

१९ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-२ मा भूकम्पपीडितलाई तत्काल अस्थायी आवासका लागि हरेक परिवारलाई बाँडिएको १५ हजार रुपैयाँ सात परिवारले फिर्ता गरेका छन् ।

रकम वितरणमा अनियमितता भएको नगरपालिकाको कार्यालयमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय मेलम्चीमा सातजना नक्कली भूकम्पपीडितलाई उपस्थिति गराई एक लाख पाँच हजार रकम र नक्कली भूकम्पपीडित परिचयपत्र फिर्ता गराएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए ।

सो वडामा बसाइँ सरेका र अनियमित तरिकाले झुक्याएर भूकम्पपीडित परिचयपत्र बनाएका मेलम्ची नगरपालिका-२ का रापबहादुर तामाङ, डोल्मा लामा, पिङ्गी तामाङ, दिनेश तामाङ, श्रीमन्डो तामाङ, वीरमान तामाङ र तारानाथ भट्टराईबाट प्रहरीले रकम र परिचयपत्र फिर्ता लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment