Comments Add Comment

बाँदरको आतङ्कले गुल्मीका किसान चिन्तित

१९ असार, गुल्मी । गुल्मीको वामी गाविसका किसान बाँदरको आतङ्कबाट हैरान भएका छन् । बाँदरले गाविसका काफलटोला, दाल्का, सुदीलगायत स्थानमा केही दिनदेखि मकैबाली नोक्सान गर्न थालेपछि किसान हैरान भएका हुन् ।
monkey
गत केही दिनदेखि बढेको बाँदरको आतङ्कले सबैभन्दा बढी नोक्सान मकैबालीमा गरेको किसानले बताएका छन् । यस्तै बारीमा लगाइएका विभिन्न फलफूल तथा तरकारीमा पनि बाँदरले क्षति पुर्याएका छन् । बाँदरले खेतबारीका खान हुने भएका मकै खाने तथा मकै नभएका बोटसमेत उखेलेर सोत्तर बनाउने गरेको किसान तेजेन्द्र जिसिले बताए ।

पछिल्ला दिनमा बढेको बाँदर आतङ्कले महिला र साना नानीलाई खेतबारीमा जानसमेत समस्या भएको छ । बाली नोक्सान गरिरहेका बाँदर हाहु गरेर लखेट्न खोज्दा आफैँमाथि झम्टिने गरेको स्थानीय विवेक काफ्लेले बताए । वनमा आहारा नभएपछि बाँदर गाउँघर पस्न थालेको बुद्धिजीवीले बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment