Comments Add Comment

करिष्मालाई लाइन मार्दै सलोन र संयम

love-sab-2

काठमाडौं । युवा पुस्ताका दुई हिरो सलोन बस्नेत र संयम पुरीमा धेरै समानता छन् । दुवै चकलेटी हिरोका रुपमा चिनिन्छन् । निर्देशक पुत्र हुन् दुवैजना । दुवै कलेज पढ्दै छन् । दुवै लगभग एकैचोटी नेपाली फिल्ममा आएका हुन् । अब अर्को समानता थपिएको छ । दुवै कलिउडकी नवयौवना करिश्मा श्रेष्ठको पछि लागिरहेका छन् ।

पछिल्लो समानता भने एउटा चलचित्रको प्रसंग हो । निर्माणाधिन चलचित्र ‘लभसब’ मा सलोन र संयम दुवैले करिश्माका लागि मरिहत्ते गर्ने कथा छ । काठमाडौको टिपीकल नेवार परिवारको छोरीको भुमिकामा रहेकी करिष्मालाई अन्तमा कसको पोल्टामा पर्छिन् भन्ने चाहिँ निर्देशक देवकुमार श्रेष्ठ सस्पेन्स राख्न चाहन्छन् ।

love-sab

सलोन र संयम एकैसाथ देखिन लागेको यो देस्रो चलचित्र हो । यसअघी आभाषमा उनीहरु सँगै देखिएका थिए, जसलाई समिक्षक र दर्शकहरुले पनि म पराए । लभसवमा भने शिशिर भण्डारी पनि मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment