Comments Add Comment

यस्तो छ क्यालेण्डर गर्लको सेक्सी पोज

calender

मुम्बई । रियल लाईफ र विवादित मुद्दामा फिल्म बनाउने निर्देशक हुन् मधुर भण्डारकर । उनले यसपाली भने ग्ल्यामरस विषयमा चलचित्र बनाएका छन् ‘क्यालेण्डर गर्ल’ ।

भण्डारकरले बलिउड चलचित्रमा देखिने बाहिरको उज्यालो र भित्रको अध्याँरो कथालाई प्रस्तुत गरेका छन् यस चलचित्रमा । नेसनल अवार्ड विजेता यी निर्देशकले ट्वीटरवाट फिल्मको फष्टलुक सार्वजनिक गर्दै लेखेका छन्, ‘पाँच नयाँ चेहरा, पाँच नयाँ सफर…।’

युट्युबमार्फत सार्वजनिक भएको प्रोमोले पनि स्पष्ट पार्छ निर्देशक भण्डारकरले फिल्मलाई सेक्सी बनाउन कुनै कसर बाँकी राखेका छैनन् । उनको चलचित्र मोडलिङमा सक्रिय युवतीको कथामा आधारित छ । उनी महिला प्रधान फिल्मका लागि पनि प्रसिद्ध मानिन्छन् । उनका चाँदनी बार, चमेली, फैशन, हिरोईन लगायतका फिल्म चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment