Comments Add Comment

कान्छासँग रोमान्स रुचाउने बलिउड हिरोइन

karan bipasa
बिपाशा र करण

मुम्बई । बलिउडका केही हिरोइन यस्ता छन्, जसले पटकपटक आफु भन्दा कम उमेरका हिरोसँग रोमान्स गर्ने अवसर पाएका छन् ।

बिपाशा बसु यस्तै नायिकामा पर्छिर्न् । उनले ‘अलोन’ मा आफुभन्दा तीन वर्ष कम उमेरका करण सिंह ग्रोवरसँग अनस्क्रिन रोमान्स गरिन् । उनी यसअघी रणबीर कपुर र नील नीतिन मुकेशसंग पनि नारिएकी थिइन् । ती दुबै नायक उमेरले विपाशा भन्दा कान्छा थिए ।

‘बचना ए हसिनाें’ मा रणबीर र ‘आ देखे जरा’ मा नीतिन मुकेशसंग अभिनय गरेकी थिईन् विपाशाले । अलोनलाई दर्शकले त्यति धेरै मन नपराए पनि विपाशा र करणको जोडीलाई भने निकै रुचाइयो । पछिल्लो समय रियलमा पनि उनको रोमान्स करणसंगै सुरु भएको छ ।

करिना र साहिद
करिना र साहिद

कम उमेरका पुरुषसंग अनस्क्रिन रोमान्स गर्न करिना पनि उत्तिकै अगाडी छिन् । साहिद कपुरसँग जब वी मेट, फिदा लगायतका फिल्ममा काम गरेकी करिनाले केही समय आफूभन्दा कान्छा साहिदसँग रियल रोमान्स गरिन् । ‘गोरी तेरे प्यार मे’ उनले इमरान खानसँग रोमान्स गरेकी छिन् । जबकि इमरान करिना भन्दा दुई वर्षले कान्छा छन् ।

अर्जुन र प्रियंका
अर्जुन र प्रियंका

प्रियंका चोपडालाई पनि कम उमेरका पुरुषसंग अनस्क्रिन रोमान्स गर्दा रमाईलो लाग्छ । चलचित्र ‘गुण्डे’ मा उनले अर्जुन कपुर र रणबीर सिंहसंग रोमान्स गरेकी छिन् । ती दुबै नायक प्रियंका भन्दा ३ वर्ष कान्छा छन् । अर्की नायिका विद्या वालनले पनि किस्मत कनेक्सन र इश्क लडायामा आफूभन्दा कान्छा साहिद कपुरसंग रोमान्स गरेकी छिन् । विद्याले डर्टी पिक्चर्समा इमरान हासमीसंग काम गरिन् । उनी पनि विद्या भन्दा कम उमेरका छन् । कोनकोना सेन र रानी मुखर्जीले पनि केही चलचित्रमा आफु भन्दा कम उमेरका पुरुषसंग रोमान्स गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment