Comments Add Comment

संविधानसभामा प्रश्न-गाई राष्ट्रिय जनावर हो कि पार्टीको चुनाव चिन्ह ?

१९ असार, काठमडां । संविधानसभा बैठकमा संविधानको प्रारम्भिक मस्यौदामाथिको छलफलमा भाग लिन सभासदहरुले रुची देखाउन छाडेका छन् ।
Cow-bwराप्रपा नपालका सभासदहरुको निरन्तर नाराबाजी र सुन्ने सभासदहरुको संख्या पनि पातलो भएपछि नाम लेखाएका सभासद पनि आफ्नो भनाइ नराखी बाहिरिएका छन् ।

संविधानसभा बैठकको अध्यक्षता गरिरहेकी उपाध्यक्ष ओनसरी घर्तीले हरिचरण शाहको नाम तीन पटक लिइन तर उनी आएनन् । त्यसपछि मानवहादुर विश्वकर्माको नाम लिइन्, उनी पनि आएनन् । दुवै सभासद नआएपछि घर्तीले एमाले सभासद युवराज ज्ञवालीलाई समय दिइन् ।

ज्ञवालीभन्दा अघि मस्यौदामाथि धारणा राख्ने क्रममा नेपा पार्टीका सभासद लक्ष्मण राजवंशील राप्रपा नेपालको चुनाव चिन्ह गाईलाई राष्ट्रिय जनावर भनेर संविधानको मस्यौदामा उल्लेख गरेको भन्दै आपत्ति जनाए । राजवंशीले भने-गाई चुनाव चिन्ह हो कि राष्टिय चिन्ह हो ?

यसपाली चुनावमा गाई कुनै पार्टीको चिन्ह छ भने कसरी राष्ट्रिय जनावर हुन सक्छ ? एमाले सभासद युवराज ज्ञवालीले संविधानमा राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रतिक भनेर मस्यौदामा उल्लेख भएकोमा अशन्तुष्टि जनाए । उनले राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रतिक भन्न नपर्ने बताए । त्यस्तै न्यायाधीश र संवैधानिक निकायका सबै पदाधिकारीको पुनर्नियुक्ति हुनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment