Comments Add Comment

कांग्रेस संसदीय दलमा अमरेशलाई कारबाही गर्न माग

१९ असार, काठमाडौं । मधेसवादी दलहरुसँग मिलेर भारतीय दूताबास गरेको भन्दै कांग्रेस सभासदहरुले अमरेशुकमार सिंहलाई कारबाहीको माग गरेका छन् ।

Amresh Sing (1)शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सभासद केशव बुढाथोकीले पार्टी सभासद सिंह भारतीय दूताबास गरेको विषयमा प्रश्न उठाएका थिए ।

‘पार्टीले पठाएका हुन् कि के हो भनेर प्रश्न गरेका हुँ’ बुढाथोकीले भने-‘अमरेश कसको मानिस हो । कहिले मधेसवादी दलहरुसँग जाने, कहिले अराजक गतिविधि गर्ने यस्ता मानिसलाई किन कारबाही हुँदैन ? बद्री पाण्डे, भिष्मराज आङदाम्बे लगायतका सभासदले पनि सिंहलाई कारबाही गर्न माग गरेका छन् ।

तर, पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले कुनै जवाफ नदिएको एक सभासदले बताए ।

बैठकमा सिंह भने अनुपस्थित थिए । अनलाइनखबरसँग कुरा गर्दै कांग्रेस सभासद सिंहले आफू भारतीय दूताबास गएको स्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment