Comments Add Comment

एमाले ‘थिङ्क ट्यांकहरु’को संगठन हो : ओली

१९ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टी ‘थिङ्क ट्याङ्कहरु’को सङ्गठन भएको बताएका छन ।

Kp oli  (2)भूकम्पपीडितको राहतका लागि नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का सदस्यबाट सङ्कलन गरिएको रकमको चेक ग्रहण गर्दै ओलीले भले–“सोच, सिद्धान्त, राजनीतिक अडान र सङ्गठनका हिसाबले एमाले अगुवा, विश्वसनीय र सामथ्र्यवान पार्टीका रुपमा अहिले उभिएको छ ।”

भूकम्पपछि खोज, उद्धार, राहत र अस्थायी पुनर्वासका लागि एमालेले असाधारण काम गरेको उनले दाबी गरे । उनले भने–“विपत्तिका समयमा जनतासामु उपस्थिति जनाएको मात्र होइन, देशका लागि अपरिहार्य, भविष्यको निमित्त सङ्कल्पको प्रतिविम्बित भएको छ ।”

शारीरिक हिसाबले कहिल्यै श्रम नगरेका कैयौँ कार्यकर्ता यस पटक आआफ्नो क्षेत्रमा एक महिनासम्म खटेर महत्वपूर्ण काम गरेको बताउँदै अध्यक्ष ओलीले राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य मान्यता र सामाजिक सद्भावका माध्यमबाट एकताबद्ध बनाएर मुलुकलाई समृद्धितर्फ लैजाने यसले अठोट व्यक्त गरेको धारणा राखे ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का अध्यक्ष विष्णु रिमालले सङ्गठनका सदस्यले पाउने तलबमानबाट स्केलअनुसार निश्चित प्रतिशत कटौती गरेर भूकम्पपीडितको राहतका लागि पाँच लाख,५५ हजार ५५५ रुपैयाँ  सङ्कलन गरिएको जानकारी दिए ।

जिफन्टको पहलमा मुलुकका १० जिल्लामा भूकम्पपीडितलाई ३०० क्विन्टल चामल, ३० क्विन्टल दाललगायत एक करोड ९१ लाखबराबरको राहत सामग्री वितरण गरिएको उनले बताए । जिफन्टले १९१ घरटहराको निर्माण, १५० धराप भएका धरहरु हटाउने काममा दुई हजार ४५६ भन्दा बढी सदस्य परिचालन गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment