Comments Add Comment

प्रचण्ड र बाबुराम पक्षबीच फेरि विवाद

prachanda-and-baburam-bhatt

१९ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा. बाबुराम भट्टराईबीचको विवाद फेरि बल्झिएको छ ।

प्रचण्ड र भट्टराई पक्षले काठमाडौं जिल्ला समितिको छुट्टा- छुट्टै भेला गरेका छन् । झण्डै दुई साता अघि संस्थापन पक्षले महासचिव कृष्णबहादुर महाराको उपस्थितिमा प्रशिक्षण कार्यक्रम गरेको थियो ।

भट्टराई पक्षले शनिबार बाबुरामसहितका नेताहरुको उपस्थितिमा प्रशिक्षण गरेका छन् । भेलामा भट्टराई पक्षका संसदीय दलका उपनेता टोपबहादुर रायमाझी, नेता देवेन्द्र पौडेल, प्रभु साह, नवराज सुवेदी, हिसिला यमी लगायतका नेताहरुको उपस्थिति थियो ।

नेता पौडेलले महासचिव महारालाई बोलाएको तर, उनी अनुपस्थित भएको अनलाइनखबरलाई बताए । दुई साता अघि भएको प्रशिक्षणमा केन्द्रीय सदस्यहरु नै छुटेकाले अर्को प्रशिक्षण गर्नु परेको उनले बताए ।

तर, संस्थापन पक्षका काठमाडौं जिल्ला अध्यक्ष हिमाल शर्माले भने भटट्टराई पक्षको भेला अबैधानिक भएको प्रतिक्रिया दिएका छन् । ‘म निर्वाचित अध्यक्ष हुँ । अस्ती हामीले भेला गर्दा सबैलाई बोलाएका थियौं तर, माथि मिलेकै छैन भनेर केही साथीहरु आउनु भएन’ शर्माले नलाइनखबरसँग भने-‘अहिले छुट्टै भेला भएछ । यो पार्टीलाई विवाद बढाउन खोजिएको छ ।’

पार्टीले समेत आफूलाई न्यान दिन नसकेको भन्दै शर्माले अब पार्टीले कि आफूलाई नभए अर्को पक्षलाई कारबाही गर्न माग गरेका छन् । ‘म एक वर्षदेखि अन्यायमा परेको छु’ उनले भने-‘मेरो गल्ती हो भने मलाई कारबाही गरियोस्, होइन भने अर्कोलाई होस् ।’

एमाओवादी काठमाडौंमा प्रचण्ड पक्षले हिमाल शर्मा र भट्टराई पक्षले महेन्द्र श्रेष्ठको नेतृत्वमा समानान्तर समिति बनाएका छन् । आन्दोलनका क्रममा अन्य जिल्लाहरुमा रहेको विवाद मिलेपछि काठमाडौंमा भने कायमै थियो ।

अहिले काठमाडौंमा समानान्तर भेला सुरु भएपछि देशभरी फैलन सक्ने नेताहरु बताउँछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment