Comments Add Comment

समर युनिभर्सियाडको लनटेनिसमा प्रीति पराजित

१९ असार, काठमाडौं । नेपालकी प्रीति बराल २८ औं समर युनिभर्सियाड गेम- २०१५ अन्तर्गत लनटेनिसमा शनिबार पराजित भएकी छन् ।

दक्षिण कोरियाको ग्वाङजुमा भएको महिला एकल स्पर्धामा प्रीति बेलारुसकी मुन भिक्टोरियासंग ६-० र ६-० को सोझो सेटमा पराजित भइन् । प्रीति कोर्टमा ३० मिनेट मात्र टिकिन् ।

Priti-Baral

आर्चरीको व्यक्तिगत पुरुष रिर्कभको र्‍याङकिङ राउन्डको ७० मिटर दूरीमा नेपालका प्रकाश गुरुङले ७ सय २० पूणर्ाङकमा ५ सय ३२ अंक जोडे । सोही स्पर्धाको महिलामा नेपालकी कृष्णामाया स्याङतानले ७ सय २० अंकमा ४ सय ८४ को प्रदर्शन गरिन् । अब इलिमिनेसन राउन्डमा आइतबार प्रकाशले मंगोलिया तथा कृष्णाले स्लोभाकियाका खेलाडीसंग प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै फेन्सिङको महिला इपी स्पर्धामा नेपालकी राखी शर्मा पनि पराजित भइन् । पुरुषमा नेपालका सन्जिप लामाले फोइल स्पर्धामा सोमबार खेल्ने छन् ।

Nepal

प्रतियोगिताको दक्षिण कोरियाकी राष्ट्रपति पार्क गिन हेले ग्वाङजु वल्र्ड कप स्टेडियममा आयोजित एक भब्य कार्यक्रमबीच उद्घाटन गरेकी थिइन् । उद्घाटन समारोहको मार्च पास्टमा तेक्वान्दो खेलाडी निशा रावलले नेपालको झण्डा बोकेकी थिइन् । मार्च पास्टमा नेपाल भन्दा अगाडि नामिबिया र पछाडि नेडरल्यान्डको टोली थियो ।

प्रतियोगितामा विभिन्न १ सय ४६ राष्ट्रका करिब १ हजार ३ सय खेलाडी सहभागी छन् । युनिभर्सियाडको इतिहासमा राष्ट्र र खेलाडी सहभागीको संख्या अहिलेसम्मकै उच्च हो ।

नेपालले विभिन्न ७ खेलमा १९ खेलाडीलाई सहभागी गराएको विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्णसिंह बोहराले जनाएका छन् । नेपालले लनटेनिस, आर्चरी, फेन्सिङसहित टेबलटेनिस, तेक्वान्दो, पौडी र ब्याडमिन्टनमा खेलाडी सहभागी गराएको टोली नेता एवं विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी (टेकराज) ले जनाएका छन् ।

सबैभन्दा कम लनटेनिसमा १, आर्चरी, फेन्सिङ, ब्याडमिन्टन र पौडीमा २-२, टेबलटेनिसमा सबै भन्दा बढी ७ तथा तेक्वान्दोमा ३ गरी १९ खेलाडी सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment