Comments Add Comment

पोडोलोस्की गालाटासरे जाने

Lukas-Podolski

१९ असार, काठमाडौं । स्ट्राइकर लुकास पोडोलोस्की टर्किस च्याम्पियन गालाटासरे गएका छन् ।  ३० वर्षका जर्मन स्ट्राइकर गत सिजन आर्सनलबाट लोनमा इन्टर मिलान गएका थिए ।

अब उनी गालाटासरे जाने भएका छन् र शनिबार मेडिकल चेकअप हुनेछ ।

सन् २०१२ मा जर्मन क्लबबाट आर्सनल गएका उनले ८२ खेलमा ३१ गोल गरेका छन् । उनले सन् २०१३ मा आर्सनललाई एफए कपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment