Comments Add Comment

आइतबारका छापामा बिजनेस खबर

राजधानीबाट आइतबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले गैरसरकारी संस्थाको लगानी वैदेशिक हस्तक्षेपमुखी, मुलुकको पुनर्निर्माण र आगामी बजेटबारे पूर्वअर्थमन्त्रीहरुबीचको छलफल, भूकम्पपछि होटल ब्यवसाय संकटमा परेको खबर प्राथमिकताका साथ छापेका छन् ।

कारोबार दैनिकमा गैरसरकारी संस्थाको लगानी वैदेशिक हस्तक्षेपमुखी, ब्यापारघाटा ६ खर्ब १६ अर्ब, खुम्बुका होटलबाट करोडौं कर छली, धान र चामल आयात दोब्बर, अब बर्खामा पनि भाजपुरसम्मै गाडी, प्राविधिक शिक्षाल स्वरोजगार, बुढी गण्डकी आयोजना निर्माणमा गोरखकालीको चासो लगायतका खबर छन् ।

अभियान दैनिकमा निजीक्षेत्रको क्षमता बढाउन सरकारको भूमिका अपरिहार्य, सच्चिदै छन् ‘ट्राभल एडभाइजरी’, भूकम्पपछि साना सवारीको विक्रीमा सुधार, अन्तर्राष्ट्रिय आर्थिक वृद्धिमा चीनको एजेण्डा, ग्रीसको बहिर्गमनले यूरोजोनमाथि पर्ने प्रभाव लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा घर भत्काउन मेसिन अभाव, खासाबाट छुटेका सामान तातोपानीमा अलपत्र, सडकमार्गबाट केरुङदेखि भारतसम्म ३ घण्टामै, चिनियाँ जहाजको समस्याबारे निगमसँग स्पष्टीकरण, नीति तथा कार्यक्रम असार २३ मा, यता खुट्टा छैन उता छानो छैन लगायतका खबर छन् ।

नागरिक दैनिकमा तारे होटलका ४० प्रतिशत कर्मचारी बिदामा, एक अर्बको घ्यू उद्योगमै थन्कियो, भूकम्पपछि रेमिट्यान्स आप्रवाहमा उच्च वृद्धि, नेप्से परिसूचकमा सामान्य सुधार, खाद्यान्न छाडेर धमाधम सुन्तला खेती, असोजसम्म कर्जाले गति लिने सम्भावना कम, आन्तरिक पाहुनाको भरमा रेष्टुरेन्ट लगायतका खबर छन् ।

eco0

eco1

eco2

eco4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment