Comments Add Comment

अर्जेन्टिनालाई हराउँदै चिलीले जित्यो कोपा अमेरिका

Chile

२० असार, काठमाडौं । अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चिलीले पहिलो पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।

आइतबार विहान भएको उपाधि भिडन्तमा घरेलु टोली चिलीले १४ पटकको विजेता अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गरेको हो । चिलीका लागि एलेक्स सान्चेजले विजयी पेनाल्टी गोल गरे ।

चिलीको यो अहिलेसम्मकै ठूलो उपाधि हो । अर्जेन्टिनाले भने २२ वर्षदेखि कोपा अमेरिका जित्न सकेको छैन । विश्वकपको फाइनलमा पनि गत वर्ष अर्जेन्टिना जर्मनीसँग पराजित भधएको थियो ।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । ९० मिनेटपछिको खेलमा अर्जेन्टिनाका गोन्जालो हिगुइलले गोल गर्ने राम्रो अबसर खेल फालेका थिए ।

चिलीका सान्चेजले खेलको अन्तिमतिर गोल गर्ने राम्रो अबसर पाएका थिए ।
पेनाल्टी सुट आउटमा चिलीका माटिस फेर्नान्डेज र अर्जेन्टिनाका मेस्सीले गोल गरे । चिलीका भिडालले गोल गरे । तर, अर्जेन्टिनाका भरपर्दा स्ट्राइकर हिगुइनको प्रहार आकासियो ।

Alexis Sanchez

कार्लोसले गोल गर्दै घरेलु टोलीलाई ३–१ मा पु¥याए । अर्जेन्टिनाका इभर बनेगाको प्रहार चिलीका गोलरक्षक ब्राभोले रोके ।

लगतै चिलीका एलेक्स सान्चेजले गोल गर्दै चिलीलाई कोपा अमेरिकाको उपाधि दिलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment