Comments Add Comment

नेफ्स्कूनको प्रमुख कार्यकारी अधिकृतमा सापकोटा नियुक्त

२० असार, काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) ले शिवजी सापकोटालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकोछ ।
Shivajee-Sapkotaसहकारी क्षेत्रमा १७ वर्ष विभिन्न जिम्मेवारीमा प्रत्यक्ष संलग्न हुँदै आएका सापकोटा नेफ्स्कूनमा विगत २०६३ साल देखि कार्यरत थिए ।

उनले समाजशास्त्रमा स्नातकोत्तर, अंग्रेजी भाषामा स्नातक गरेका छन् भने जनप्रशासनमा स्नातकोत्तर गर्दैछन् । बचत तथा ऋण सहकारी संस्थाको विकासका लागि एशियाली ऋण महासंघ, थाइल्याण्डबाट सञ्चालित विकास प्रशिक्षकको उपाधि प्राप्त सापकोटाले यस क्षेत्रमा दर्जनौ अन्तराष्ट्रिय तालिम, कार्यशाला तथा अवलोकनहरुमा भाग लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment