Comments Add Comment

अर्जेन्टिनाको जर्सीमा फेरि चुके मेस्सी

Messi

२० असार, काठमाडौं । चार पटकका बालोन डि’ओर विजेता लिओनल मेस्सी पहिलो अन्तराष्ट्रिय मेडल जित्न फेरि एक पटक चुकेका छन् ।

गत वर्ष विश्वकपको फाइनलमा जर्मनीसँग पराजित भएको अर्जेन्टिना कोपा अमेरिकामा आयोजक चिलीसँग टाइब्रकेरमा स्तभ्ध भयो । विश्वकपमा २४ वर्षपछि उपाधि दिलाउने मौका थियो भने कोपा अमेरिकामा २२ वर्षपछि ।

सेमिफाइनलमा पाराग्वेविरुद्ध ६–१ को शानदार जित हात पर्दा गोल नगरेपनि मेस्सीले जादुमयी प्रदर्शन गरेका थिए । तर, फाइनलमा त्यसो भएन ।

खेलको अन्तिममा उनले गोन्जालो हिगुइनका लागि सुन्दर अबसर श्रृजना गरेका थिए । तर, हिगुइन फेरि फिनिसिङमा चुके ।

Lionel-Messi-(1)

कोपा अमेरिकाको हारको सबै दोष २८ वर्षे मेस्सीलाई मात्र दिन उपयुक्त हुँदैन । मेस्सीको टिममेटले केही स्पेस बनाए पनि फवार्ड फिनिसिङमा भने चुकेकै हुन् ।

नापोलीका फवार्ड हिगुइन भने फेरि सर्वाधिक आलोचनाको केन्द्रमा परेका छन् । विश्वकपको फाइनलमा उनले जर्मनीविरुद्ध गोल गर्ने सुन्दर मौका गुमाएका थिए ।

चिलीविरुद्ध पनि त्यस्तै भयो । पटक पटक चुक्दा उनी आफैंलाई पनि आत्मग्लानी भएको हुनुपर्छ । उनी निर्धारित ९० मिनेटमा अन्तिम मिनेटमा मात्र चुकेनन्, पेनाल्टीमा पनि गोल गर्न असफल रहे । जसले चिलीलाई फाइदा पुग्यो ।

Lionel-Messi-(2)

Lionel-Messi-(3)

Lionel-Messi-(4)

Lionel-Messi-(5)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment