Comments Add Comment

‘हाम्रो किबोर्ड’को डाउनलोड दश लाख पुग्यो

Hamro-Key-board

मोबाइलमा नेपाली टाइप गर्न प्रयोग हुने ‘हाम्रो किबोर्ड‘ को डाउनलोड १० लाख पुगेको छ ।
सजिलो नेपाली किबोर्ड हाम्रो किबोर्ड गुगल प्लेस्टोरबाट दश लाख पटक डाउनलोड भइसकेको छ ।
यसअघि अर्को लोकप्रिय मोबाइल एप ‘हाम्रो पात्रो‘ निर्माण गरेका संकर उप्रेतीले निर्माण गरेको हाम्रो किबोर्ड नेपालीभाषी एन्ड्रोइड प्रयोगकर्तामाझ निकै लोकप्रिय बनेको छ ।

‘मोबाइलबाट रोमनमा लेख्न मिल्ने किसिमको किबोर्ड कुन छ भनी मैले सर्च गर्दा हिन्दी किबोर्ड मात्र भेटियो’ शंकर भन्छन- ‘तर, हिन्दीबाट टाइप गर्दा धेरै कुरा नमिल्ने भएपछि आफैले किबोर्ड निर्माण गर्ने सोंच बनाएको हुँ ।’

झण्डै १८ महिनाअघि उनले रोमनमा टाइप गरेर नेपालीमा कन्भर्ट हुने बिकोर्डका बनाउन सुरु गरेका थिए । केही दिनमै उनले प्रारम्भिक खाका बनाएर केही चलेका ट्वीटर प्रयोगकर्ता र प्राबिधिकहरुलाई पठाए । उनीहरुको सुझावपछि परिमार्जित स्वरुपमा हाम्रो किबोर्ड प्लेस्टोरमा उपलब्ध भयो ।

त्यसयता हरेक दिनजसो हजारौंको दरमा नेपाली एन्ड्रोइड प्रयोगकर्ताले हाम्रो किवोर्ड डाउनलोड गरिरहेका छन् । हालै यो संख्या १० लाख पुगेको छ र निरन्तर बढ्दो छ ।

‘प्रयोगकर्ताको चाहना र उहाँहरुको फिडब्याकबाटै हाम्रो किबोर्ड यति लोकप्रिय हुन सक्यो, उनले भने- यसले इन्टरनेट दुनियाँमा नेपाली भाषाको प्रर्बद्धनमा पनि सहयोग पुगेको ठानेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment