Comments Add Comment

रोबोटले गर्‍यो मानिसको हत्या, जिम्मेवार को ?

rabort

हालै जर्मनीमा एउटा डरलाग्दो घटना भएको छ । चर्चित कार कम्पनी भग्सवागनको कारखानामा काम गर्ने एउटा रोबोटले त्यहीँ काम गर्ने अर्को कामदार मानिसको हत्या गरेको छ ।

यो घटना बउनाटालस्थित कारखानामा भएको हो । जहाँ २२ वर्षको एउटा कामदारलाई रोबोटले हत्या गर्यो । रोबोटको मर्मत गरिरहेको बेला एक्कासी रोबोटले उल्टै त्यो युवकलाई समात्यो र धातुलो ठूलो थालले उसलाई थिचेर मार्यो ।

समाचार एजेन्सी एपीका अनुसार कम्पनीका प्रवक्ता हिको हिलविगले उक्त दुर्घटना मानवीय गल्तीका कारण भएको र यसमा रोबोटकै कुनै गल्ती नरहेको बताएका छन् ।

यद्यपि यो घटनापछि कृत्रिम विवेक अर्थात् आर्टिफिसियल इन्जेलिजेन्सको विषय फेरि एकपटक चर्चा र बहसमा आएको छ ।

आखिर गल्ती कसको ?

रोबोट ठीक छ भन्ने कम्पनीको भनाइले यो मामिलालाई अझै पेचिलो बनाएको छ । रोबोट आखिर एक मेसिन न हो, जसले स्मार्ट सफ्टवेयरका आधारमा काम गर्छ ।

त्यसैले त्यो मेसिनका कारण जब दुर्घटना हुन्छ मेसिन चालकलाई जिम्मेवार ठहराइन्छ, मेसिन बनाउनेलाई होइन ।

तर जब एक स्मार्ट मेसिन अर्थात् रोबोटको हातबाट दुर्घटना हुन्छ भने त्यसको जिम्मेवार को हुने ? रोबोट बनाउने वाला ? त्यसको सफ्टवेयर बनाउने वाला ? वा रोबोट चलाउने वाला ?

साइबर कानून विज्ञहरुका अनुसार अब केवल हार्डवेयरलाई मात्र होइन सफ्टवेयरलाई पनि कठघरामा उभ्याउनु आवश्यक पर्नेछ ।

विज्ञ भन्छन्-रोबोटिक्स वर्तमानको जल्दोबल्दो क्षेत्र रहेको र यस क्षेत्रमा अझै कानून बन्नु आवश्यक रहेको छ । यस्तो प्रकारको घटनामा कम्पनी त जिम्मेवार हुन्छ नै तर स्मार्ट भनिने रोबोटको जिम्मेवारी अरुले नै लिनुपर्छ । रोबोटलाई पनि नियममा बाँध्नु जरुरी छ ।

कानून कहाँ छ ?

अमेरिकाको नेभादा तथा क्यालिफोर्नियामा गुगलको ड्राइभर विनाको रोबोट कारको संचालनका विषयमा नयाँ कानून बनाइएको छ । तर यसमा यो भनिएको छ की कारमा ड्राइभर सिटमा एकजना व्यक्ति हुनु जरुरी छ ता की आवश्यक परेको बेला उक्त व्यक्तिले तत्कालै निर्णय गर्न सकोस् ।

बेलायत तथा अमेरिकाको फ्लोरिडामा पनि यस्तै प्रकारका कानून बन्ने क्रममा छन् र हरेक प्रकारका रोबोटलाई कानूनको दायरामा समेट्न अझै समय लाग्नसक्छ । विकाशशील तथा विकाशोन्मुख देशमा भने रोबोटका विषयमा कुनै कानून नै बनेका छैनन् ।

स्मार्ट प्रविधिको डर, वैज्ञानिकहरु समेत यसो भन्छन्

 

stephen_hawking

अघिल्लो वर्ष चर्चित कम्पनील टेस्लाका मालिक एलन मस्कले एक चर्चित टि्वट गरे । टि्वटमा उनले लेखेका थिए हामीले आर्टिफिसियल इन्टेलिजेन्सको विषयमा निकै सावधानी अपनाउनुपर्ने हुन्छ । यो परमाणु हतियार भन्दा पनि अधिक घातक हुनसक्छ ।

विश्व प्रसिद्ध भौतिक शास्त्री स्टेफेन हकिन्सले केही समयअघि एउटा लेखमार्फत आर्टिफिसियल इन्टेलिजेन्सलाई मानव इतिहासको सबैभन्दा उत्तम तर सबैभन्दा घातक चिज सावित हुनसक्ने बताएका थिए । उनले आशंका जाहेर गर्दै भनेका छन्- यस्तो हुनसक्छ की जैविक रुपले मानिसको विकाशको गति धीमा होस् र रोबोटसँग प्रतिस्पर्धा गर्न नसकेर पछाडि परोस् ।’

एप्पलका सहसस्थापक स्टिभ बोज्नियाकका अनुसार मानवको रोबोटसँग कुनै समस्या हुनु हुँदैन किनकी हामी उसको पाल्तु बन्दैछौँ । उनका अनुसार रोबोट मानिसभन्दा स्मार्ट हुनेछ र छिटै यो कुरा जान्नेछ की उसलाई मानिसको आवश्यकता पर्छ ।

माइक्रोसफ्टका सस्थापक विल गेट्सले गएको जनवरीमा एक कार्यक्रममा भनेका थिए – मलाई थाहा छैन किन मानिसहरु यो कुराबाट डराइरहेका छैनन् । कुनैदिन आर्टिफिसियल इन्टेलिजेन्स मानिसभन्दा पनि शक्तिशाली बन्नसक्छ ।

प्रविधिको दुनियालाई नयाँ दिशा दिने चर्चित प्रविधिज्ञ जर्ज लुकासले धेरै वर्ष पहिले नै वियर्ड पत्रिकामा छापिएकेा अन्तरवार्तामा भनेका थिए की यस्तो सम्भावना उनको जिवनकालमा नहुने भएकाले उनलाई यसको डर छैन । तर रोबोटले आफ्नो अधिकारको माग गर्न थालेपछि ठूलो समस्या खडा हुने उनको भनाइ थियो ।

रोबोटले मानिसले बनाएका नियम तथा कानून मान्छ वा मान्दैन यो हामीलाई अहिलेसम्म पनि थाहा छैन । तर जबसम्म मानिसले रोबोटलाई आफ्नो कामका लागि प्रयोग गर्छ तबसम्म उसका लागि खास नियम बनाउनु आवश्यक हुन्छ ।-बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment