Comments Add Comment

दीपकको नजन्माएको छोराले ‘तीतो सत्यवाट’ विदा लिए

raj

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको छोराको भूमिका निर्वाह गर्दै आएका राज अब हास्य टेली श्रृङ्खला ‘तीतो सत्य’मा नदेखिने भएका छन् । उनले लामो समयदेखि ‘तीतो सत्य’मा दीपक दीपाको छोरोको भूमिका निर्वाह गर्दै आएका थिए ।

उच्च शिक्षा अध्ययन गर्नका लागि भारत जानुपर्ने भएकाले उनले ‘तीतो सत्य’वाट विदा लिएको दीपकराज गीरीले बताए । सिए अध्यनको तयारीमा रहेका राज शुक्रवार भारत गएका छन् ।

राजले मुलुक छाडे लगत्तै तीतोसत्यका निर्देशक दीपकराज गीरिले लेखेका छन् ‘हामीले नजन्माएको तर, हाम्रो छोरो अब उसलाई ‘तीतो सत्य’मा देख्न पाउनु हुने छैन । राज तिमीलाई म दीपा जी र तीतोसत्यका लाखौं दर्शकले मीस गर्ने छौं ।’

कक्षा ३ मा अध्ययन गर्दै गर्दा राज तीतो सत्यमा जोडिएका थिए । प्रत्येक हप्ताको एकदिन तीतो सत्यको सुटिङका लागि छुट्याउने राजले अन्य टेलिचलचित्र र विज्ञापनमा पनि मोडलिङ गरेका छन् । दुई वर्षअघि ९१ प्रतिशत अंक ल्याएर एसएलसी उत्तिर्ण गरेका राजले कुशल सिए बन्ने लक्ष्य लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment