Comments Add Comment

हेमा अस्पतालवाट डिस्चार्ज

hema-1

जयपुर । राजस्थानमा सडक दुर्घटनामा घाईते भएकी प्रसिद्ध अभिनेत्री एवं भारतरीय जनाता पार्टीकी सांसद हेमा मालिनी अस्पतालवाट डिस्चार्ज भएकी छिन् । छोरी इशा देओल लगायत परिवारका अन्य सदस्यको उपस्थिपतिमा उनको डिष्चार्ज भएको थियो । अस्पतालवाट डिस्चार्ज भएपछि विमान चार्टर गरेर उनको परिवार सिधै मुम्बई गएको छ ।

गएको बिहीवार राती आगरावाट जयपुर जाँदै गर्दा हेमा मालिनी चढेको मर्सीडिज कार दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा चार वर्षीय वालिकाको मृत्यु भएको छ भने अन्य ५ जना घाईते भएका छन् ।

अस्पतालकी प्रवक्ता पि्रयंकाले परिवारका सदस्यको अनुरोधमा उनको डिस्चार्ज गरिएको जानकारी दिईन् । हेमाको नाक, निधार र आँखामा लागेको चोटको उपचार गर्नुको साथै आँखाको छेउमा प्लाष्टिक सर्जरी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment