Comments Add Comment

यसैहप्ता दुई कम्पनीका साढे ३१ लाख कित्ता साधारण सेयर

२० असार, काठमाडौं । यसैहप्ता दुई कम्पनीले ३१ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्दैछन् । प्रतिकित्ता सय रुपैयाँ अंकित दरका ३१ करोड ५० लाख रुपैयाँ बराबरका साधारण सेयरमा सर्वसाधारणले लगानी गर्न पाउने छन् । साढे ८ मेगावाट विद्युत उत्पादन क्षमताको अपि हाइड्रोपावर र रिलायवल माइक्रो फाइनान्सले सो बराबरको आइपिओ जारी गर्न लागेका हुन् ।

IPO-Logoरिलायबल डेभलपमेन्ट बैंकको सहायक संस्था रिलायबल माइक्रोफाइनान्सले असार २२ गतेदेखि १ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्दैछ । कूल निष्काशित सेयरमध्ये ७ हजार ५ सय कित्ता सामुहिक लगानी कोषलाई र ३ हजार कित्ता कर्मचारीको लागि छुट्याएको छ ।

यो कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । सिभिल क्यापिटल मार्केट, कमलादी, रिलायबल माइक्रोफाइनान्सको मुख्य कार्यालय लम्जुङ्ग, रिलायबल डेभलपमेन्ट बैंकको ज्ञानेश्वोर, बिराटनगर, पोखरा, सुन्दरबजार र भुमही साखा कार्यालयहरु, भर्गाव विकाश बैंकको कंचनपुर शाखा कार्यालय, कन्चन डेभलपमेन्ट बैंकको कन्चनपुर शाखा कार्यालय र बागमती डेभलपमेन्ट बैंकको हरिबन शाखा कार्यालयबाट प्राप्त गर्न सकिने तथा रकम बुझाउन सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

२०७० साल जेठ ५ गतेदेखि लमजुङको बेसिसहरमा मुख्य कार्यालय राखेर कारोबार सुरु गरेको यो कम्पनीले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ४१ लाख ७ हजार रूपैयाँ नाफा कमाएको छ ।

त्यसैगरी, दार्चुलाको नौगाढ खोलामा साढे ८ मेगावाट विद्युत उत्पादन गरेको अपि हाइड्रोवार कम्पनीले पनि असार २४ गते ३० लाख कित्ता साधारण सेयर निष्काशन गर्दैछ ।
निष्काशन गरेको उक्त सेयर छिटोमा असार २८ गते ढिलोमा साउन ७ गते बिक्री बन्द गरिने कम्पनीले जनाएको छ ।

कम्तीमा ५० कित्ता देखि बढीमा १००० कित्तासम्मका लागि आवेदन दिन सकिने र आˆना कर्मचारीहरुलाई निष्काशित सेयरको ३ प्रतिशत छुट्याएको कम्पनीले जनाएको छ ।

कम्पनीले जारी गर्ने साधारण सेयरको निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट छ । आवेदकहरुले एनआइबिएलका देशभर रहेका ४५ शाखा, अपि पावर कम्पनीको थापाथलीस्थित ट्रेड टावरमा रहेको कर्पोरेट कार्यालय र जनता बैंकका जुनसुकै शाखामा आवेदन दिनसक्ने छन् ।

आयोजनाको सम्पूर्ण काम सकिएको छ । अहिले पावरहाउस टेस्टिङ भइरहेको छ । यो परियोजनाले लगानीकर्तालाई वाषिर्क २० प्रतिशतका दरले प्रतिफल दिने कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले जानकारी दिए ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये ६० करोड रुपैयाँ प्रवर्द्धकहरुले चुक्ता गरिसकेको छन् भने गत माघ १९ गते स्थानीयबासीबाट सेयर जारी गरी १० करोड रुपैयाँ उठाइसकिएको छ । ३० करोड सर्वसाधारणबाट उठाउन लागिएको हो ।

आयोजनाको कूल लागत १ अर्ब ३९ करोड ८० लाख रुपैयाँ रहेको छ । जसमा ९८ करोड रुपैयाँ नेपाल बैंकको नेतृत्वमा प्राइम बैंक, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू र नेपाल एसबिआई बैंकले सहवित्तीयकरणमा संयुक्त लगानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment